कान्छो निकुञ्जले ल्याएको परिर्वतन



–टीका बन्धन
बाक्लो चारकोसे झाडी अनि बाक्लै संख्यामा धेरैथरीका जीवजन्तु पाइने भएपछि केही दशक अघिसम्म चर्चित शिकार गन्तव्यका रुपमा चिनिथ्यो पर्साको जंगली भेग । साढे ३ दशकअघि वन्यजन्तु आरक्ष स्थापना भएको पर्सा गत वर्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरउन्नती भएको छ । मुलुककै कान्छो निकुञ्ज ६ सय २७ दशमलव ३९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज पर्सा सहित चितवन, मकवानपुर र बाराको जंगली भँ–भागमा फैलिएको छ ।

गत वर्ष बैशाख २४को मन्त्री परिषद्को बैठकले सो आरक्षलाई निकुञ्ज बनाउने निर्णय गरेको थियो भने २०७४ असार १९मा सो निर्णय राजपत्रमा प्रकाशित भएपछि कानँनी मान्यता पाएको थियो । पर्सा निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको पँर्वी सीमासँग जोडिएकाले दुवै निकुञ्जका जीवजन्तुको चरिचरण क्षेत्र फराकिलो बनेको संरक्षणकर्मी बताउँछन् । उनीहरुको तर्क छ–‘प्राकृतिक बासस्थानका जीवजन्तु हेर्न चितवन नै जानुपर्छ भन्ने छैन, पर्सामा पनि सहजै धेरैथरी वन्यजन्तु हेर्न पाइन्छ ।’

सो निकुञ्जको धेरै भँ–भाग अझै पनि चारकोसे झाडीले ढाकिएकाले निकुञ्ज घोषणासँगै लोपोन्मुख जन्तुको सुरक्षित बासस्थान बन्न सक्ने सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जन बताउँछन् । ‘विगतमा निकै पातलो भएको वनमा फेरी हरियाली फैलन थालेको छ, उनले भने–‘लोपोन्मुख र अन्य जिवजन्तुको संख्या बढाउन घाँसे मैदान सहित जंगलका धेरै ठाउँमा पोखरी निर्माण गरिएको छ ।’ अतिक्रमणमा परेको १ सय हेक्टर भन्दा बढी जग्गा निकुञ्जको स्वामित्वमा फर्किएको र अन्य अतिक्रमित जग्गा पनि फर्काउने प्रकृया शुरु भइसकेकाले जीवजन्तुको चरिचरण क्षेत्र फराकिलो बन्दै गएको महर्जनको तर्क छ ।

उनले प्रष्ट्याउँदै भने–‘५ वर्ष अघिको बाघको संख्या र अहिलेको संख्यालाई तुलना गर्दा पनि बाघ र अन्य लोपोन्मुख जनावरका लागि यो निकुञ्जको वातावरण उपयुक्त छ भन्ने पुष्टी हुन्छ ।’ ५ वर्ष अघि सन् २०१३को गणना अनुसार पर्सामा ७ वटा वयस्क बाघ भेटिएका थिए भने यसवर्षको गणनाले त्यहाँ बाघको संख्या बढेर १८ पुगेको छ । यसपटकको गणनाअनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख गरिएको छ ।


पर्सामा विभिन्न ३७ प्रजातीका स्तनधारी, ४ सय ९० प्रजाती पन्छी, १३ प्रजातीका सरिसृप, ३१ प्रजातीका पुतली र ३ सय ३६ प्रकृतिका वनस्पति अभिलेख गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ, जंगली हात्ति, गैंडा, गौरीगाई, सालक, चौसिंगा, जंगली कुकुर, हुँडार, राजधनेश, अजिंगर, सुनगोहोरो सो निकुञ्जका संरक्षित जिवजन्तु हुन् । ३ वर्ष अघि निकुञ्जभित्र ५ वटा गैंडा थिए भने २ वर्ष अघिको अनुगमनमा १ सय ५ वटा गौरीगाई थिए ।
चितवनमा बाघको संख्यामा सुधार आइरहँदा सँगै जोडिएको आरक्षलाई निकुञ्ज बनाउनुपर्ने विज्ञहरुको सुझावका आधारमा पर्सा निकुञ्जमा स्तरोन्नती भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारी स्मरण गर्छन् । पछिल्लो समयमा भारतको बाल्मिकी टाइगर रिर्जभ, चितवन र पर्सा निकुञ्जलाई जोड्ने जैविक मार्गको सुधार गरिएकाले वन्यजन्तु ओहोर–दोहोर गर्न अवरोध नभएको पर्साका पँर्व संरक्षण अधिकृत हरिभद्र शर्माको बुझाई छ ।

पर्या–पर्यटनलाई प्रवद्र्धन गर्न जंगल सफारीलाई जोड दिएको निकुञ्ज भित्रको ‘फायर ल्यान्ड’ प्रयोग भइरहेको आचार्यले बताए । ‘जंगल सफारीलाई लक्षित गर्दै २ सय ५० किमी भन्दा लामो फायर लाइन प्रयोगमा ल्याइएको छ, फायर ल्यान्ड आसपास घाँसे मैदान, पानी पोखरी र मचान निर्माण भएकाले वन्यजन्तु देखिने उच्च संभावना रहन्छ’–उनले भने । हलखोरिया, आधाभार, कामिनी दह, काली दह, रातमाटे, रमौली प्रतापपुर, राम भौरीभाटा, जामुने खोला, भालु खोला जस्ता क्षेत्रमा निकुञ्ज र वन्यजन्तु अवलोकनका लागि मचान निर्माण भएको आचार्यले जानकारी दिए ।

‘चुरे र भावरले ढाकेको पर्साको विशेष आर्कषण गौरी गाई हो, यो निकुञ्जमा चुरे र भावरको पारिस्थितिक प्रणाली नियाल्न पाइन्छ, जंगली हात्तिको पनि सुरक्षित बासस्थान बनिरहेको छ’–उनले भने । १० वटा हात्ति जंगल सफारीको सुविधाका लागि प्रयोगमा छन् ।

निकुञ्जको मध्यभेगमा अवस्थित रमौली प्रतापपुर बस्ती निकुञ्ज बाहिर स्थानान्तरण भएपछि सो क्षेत्र गैडा, हात्ति, बाघ जस्ता जस्ता ठँला वन्यजन्तुको राम्रो बासस्थानका रुपमा स्थापित बनेको वन्यजन्तु संरक्षण विभागका अधिकारी बताउँछन् । रमौली प्रतापपुरमा गैंडाले वच्चा जन्माएर हुर्काएकाले सो भेग गैंडाका लागि उपयुक्त वासस्थान रहेको पुष्टी भएको विभागका सँचना अधिकारी नारायण रुपाखेतीको तर्क छ । जंगल सफारी शुरु भइसकेकाले पर्सा स्वदेशी र विदेशी पर्यटकको रोजाई बन्न थालेको उनको भनाई छ । ‘विगतमा ५ प्रतिशत भन्दा कम घाँसे मैदान रहेको पर्सामा घाँसे मैदानको क्षेत्रफल घट्न नदिन केहि चुनौती देखिएपनि त्यसको व्यवस्थापन धमाधम भइरहेको छ’–रुपाखेतीले भने ।

निकुञ्जभित्रका १२ भन्दा बढी क्षेत्रमा न्यँनतम ५ हेक्टरदेखि अधिकतम ८० हेक्टरमा घाँसे मैदान व्यवस्थापन भएको बताइएको छ । निकुञ्जको सुरक्षा प्रयोजनका लागि बारा, पर्सा र मकवानपुरमा १४ वटा सुरक्षा पोष्ट स्थापना गरिएको छ । सरकारले हालै सार्वजनिक गरेको मुलुकका नयाँ १ सय वटा पर्यटकीय गन्तव्यमा पर्सा निकुञ्ज समेत समेटिएको छ । सो निकुञ्ज घुम्ने आन्तरिक र वाह्य पर्यटकको संख्या थपिने सुनिश्चित भएपछि बाराको अमलेखगञ्ज, सिमरा, निजगढ, पिलुवा र आसपासका क्षेत्रमा स्तरिय रेष्टुरेन्ट र स्टारहोटलको संख्या थपिदै गएको छ ।

 

निकुञ्जसँग हातेमाले गर्ने लक्ष्यका साथ बाराको जितपुर सिमरा उपमहागरपालिका र निजगढ नगरपालिकाले पर्यटकीय गतिविधी बढाउन गृहकार्य अघि बढाएका छन् । निकुञ्जसँगै जोडिएको काठमाडौं–तराई द्रतमार्ग र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपश्चात त्यहाँको पर्यटकीय गतिविधी झनै मौलाउने संरक्षणकर्मीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्