आलुले फेरिएको लिखु गाउँपालिका 



० सुनील महर्जन
लिखुगाउँपालिका, नुवाकोट
युवावर्गको वैदेशिक रोजगारीसंगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढीरहेको छ ।यस्तो अवस्थामा नुवाकोटको लिखु गाउँपालिकामा २ सय ४० रोपनी जग्गामा आलु खेती थालनी गरिएको छ ।

सो कार्य धेरै देशको भ्रमणपछि स्वेदशमै केही गर्नुपर्दछ भन्ने अञ्जु शाहको भावनाका उपज हुन् । उनीसहित चार जना मिलेर गाउँपालिका–४ स्थित चौघडामा जग्गा लिजमा लिएर आलु खेतीको शुरुआत गरिएको हो ।
यही नै जिल्लाकै ठँलो अर्गानिक कृषि फार्म रहेको वडा नं ४ का दलबहादुर राईले बताउनुभयो । यस कार्यका लागि वडाको नाउँमा ५४ रोपनी ७ आना जग्गा पनि लिजमा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।‘जनप्रतिनिधि आएपछि अहिलेसम्मकै ठँलो कार्य नै यही हो ।’ राईले भन्नुभयो । तर राणाकालदेखि जोत्दै आएका गरिब किसानहरुलाई हठात हटाइएकोमा यसमा केही वडा सदस्यको समेत असन्तुष्टि पनि नभएको होइन ।


चौघडा एग्रो अर्गानिक प्रा.लिको नाउँमा शाहको समँहले आलुखेतीका लागि प्रति रोपनी वार्षिक १० हजार रुपैयाँ दिने सहमतिमा १० वर्षका लागि जग्गा लिज छन् । यस कार्यमा उनीहरुलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोग रहेको छ । अहिलेसम्म एक करोड ३० लाख रुपैयाँ लगानी गरिसकेको छ ।

नुवाकोटकै अहिलेसम्मकै ठूलो अर्गानिक कृषि फार्म सञ्चालन

यही वर्षभित्र पशुचौपाय एवं पक्षी पालनसमेत शुरु गरी तीन करोड पु¥याउने लक्ष्य लिएको पनि प्रा. लिका अध्यक्ष शाहले बताउनुभयो ।‘यहाँको माटो खुकुलो छ ।उर्बर भँमी रहेको छ ।त्यसैले आलु खेती मार्फत कृषिको यान्त्रिकरण गर्ने जोखिम उठाएका हौं ।’ प्रा. लि प्रबन्ध निर्देशक सनोज महतले भन्नुभयो ।

फार्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । फार्ममा हाल बीउ उत्पादनको लागि आलु पनि रोपिएको छ । बेमौसमी तरकारी खेती, बीउ उत्पादनको लागि धानखेती गने पनि बताइएको छ ।


प्राङारिक मल र दँध उत्पादनको लागि १ सय गाईपालनको लागि गोठ निर्माण थालिएको छ । मासु उत्पादनको लागि १ सय बाख्रा र स्थानीय जातका दुई हजार कुखुरासमेत पालन गर्न खोर बनाउने पनि प्रा.लिको योजना रहेको छ ।
‘यस कार्यले कृषि पेशा प्रतिष्ठित बनाएको छ।’खेतीको शुरुआत गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भन्नुभयो ‘जिल्लाकै ठँलो कृषि क्षेत्रको शुरुआतले अन्य किसानलाई पनि व्यावसायिक बनाउन सहयोग पुग्ने छ ।’

समथर र उर्वर भूमि, गाउँपालिकाको वडा नं. १ र २ को केही भँभाग , वडा नं. ४, र वडा नं. ५ मा अन्य वडाको तुलनामा समथर र उर्वर भँमि रहेको छ । यहाँका कृषक सामुहिक अर्गानिक आलु खेतीतर्फ आकर्षित हुने बढ्दो छ ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलुको जोन कार्यालय सञ्चालनमा आएसँगै आलुखेती गर्ने किसानको संख्यामा वृद्धि र लगाउने क्षेत्रफल समेत बढ्न थालेको छ ।त्यसमध्ये लिखु गाउँपालिका अन्य स्थानको तुलनामा आलु खेतीको लागि बढी उपर्युक्त रहेको छ ।साविकको खानिगाँउ गविसको सबै वडा, सुर्यमति गाविसको सबै वडा, चौघडा गाविसको १, २, ५, ६, ७, ८ वडाहरु, थानसिंङ गाविसको १, २, ३, ४, ५, ६, ७ वडाहरु र थानापति गाविसको वडा नं ५ समेटेर जम्मा ६ वडा बनाई लिखु गाउँपालिका घोषणा गरिएको थियो ।


समथर र उर्वर भँमि, गाउँपालिकाको वडा नं. १ र २ को केही भँभाग , वडा नं. ४, र वडा नं. ५ मा अन्य वडाको तुलनामा समथर र उर्वर भँमि रहेको छ । यहाँका कृषक सामुहिक अग्र्यानिक आलु खेतीतर्फ आकर्षित हुने बढ्दो छ ।
नुवाकोटमा यस वर्ष एक अर्ब ११ करोड मँल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । व्यावसायिक रुपमा चार हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । केन्द्रका अनुसार प्रतिहेक्टर १७ दशमलव ४७ मेट्रिक टन उत्पादन भई जिल्लाभर कँल ७४ हजार २०४ मेट्रिक ट्रन आलु उत्पादन भएको थियो ।

नुवाकोटमा आलु र तरकारी उत्पादन वृद्धि गर्न चालँ आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ । तरकारी उत्पादनमा दुई करोड ५१ लाख ८६ हजार र आलु उत्पादनमा दुई करोड ५१ लाख बजेट रहेको विभाजन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्र्तगत आलु तथा तरकारी जोन नुवाकोटका प्रमुख डा. कमलराज गैरेले आलुको लागि बीउ बिजन, प्राविधिक सहयोग, यन्त्रहरु सहयोग गरिएको बताउनुभयो ।


अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ । किसानले व्यावसायिक रुपमा शुरु गरेको खेती प्रणालीले आलुको उत्पादन अझ बढ्ने छ ।’ प्रमुख डा. गैरले जानकारी दिनुभयो । मलखादको सहज आपँर्ति र सुहाउँदो हावापानीले पनि उत्पादनमा वृद्धि भएको हो । सो जिल्लामा आलुखेतीका लागि उपयुक्त हावापानी रहेको छ ।

गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले कृषिमा आधुनिकीकरण गर्ने योजना अनुरुप कृषकलाई सहयोग गरिरहेको बताउनुभयो । ‘अग्र्यानिक गाउँपालिका बनाउन कृषकसँग छफलका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने छौं ।’ उहाँले भन्नुभयो । गाउँपालिकामा भएकोले कृषि उत्पादन वृद्धि गर्न सिंचाई सुविधाको लागि सिंचाई कुलो निर्माणलाई प्राथमिकतामा राखिएकोपनि गाउँपालिकाले जनाएको छ ।

आलु पकेट क्षेत्रलाई विस्तार गर्ने लक्ष्यका साथ गाउँपालिका अघि बढेको पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । अहिलेसम्म हामी परम्परागत रुपमै खेती गर्दै आएका छौ’, उहाँले भन्नुभयो ‘कृषिलाई आधुनिकीकरण नगरेसम्म समृद्धि हासिल हुन सक्दैन, त्यसैले गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएको छ ।’

कृषि खेतीलाई व्यवसायीकरण, बजारीकरण र विस्तारीकरणको लागि आवश्यक पर्ने पँर्वाधारहरु सिंचाई, शितगृह, संकलन गृह र कृषि सञ्जालीकरणको व्यवस्था गरी कृषि क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउने नीति अघि सारेको पनि गाउँपालिकाका उपप्रमुख रोजिना राईको कथन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्