पर्सियन खाडी मार्ग रोक्ने रुहानीको चेतावनी



तेहरान (एजेन्सी)
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको प्रतिबन्ध विरुद्ध मंगलबार खाडीको मार्ग बन्द गर्ने पुन धम्की दिएका छन् ।

इरानबाट हुने तेल निर्यातलाई रोक्न सक्दैन भन्ने अमेरिकालाई थाहा हुनु पर्ने उनले बतए । यदि त्यस्तो गर्ने प्रयास गर्छ भने पर्सियन खाडीबाट तेल निर्यात हुन नसक्ने उनले चेतावनी दिए । खाडीका कयौं देश उक्त मार्गबाट ठुलो परिमाणमा तेल निर्यात गर्छन् ।

खाडी देशमा बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पर्छन् । यदि इरानले पर्सियन खाडीको ब्यापार मार्ग रोक्यो भने साउदी अरबबाट हुने ब्यापारमा पनि असर पर्नेछ । हाल साउदी अरेबिया विश्वमा सबैभन्दा ठुलो तेल निर्यातक देश हो ।


सन् १९८० देखि १९८८ को बीचमा पनि खाडी विवादको ठुलो विषय बनेको थियो । त्यतिबेला दुबैले एक अर्काको तेल जहाजहरुमा हमला गरेका थिए । १९८० पछि इरानले कयौंपटक खाडीबाट तेल निर्यात रोक्ने धम्की दिँदै आइरहेको छ । २०१५ मा तेहरानको परमाणु सम्झौताबाट अलग भएपछि अमेरिकाले पुन उमाथि प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धमा इरानबाट तेल निर्यात बन्द हुनु थियो तर अहिले ८ देशले मात्र इरानबाट तेल आयात अस्थायी रुपमा छुटेको छ ।

रुहानीले गत जुलाइमा पनि खाडी मार्ग बन्द गर्ने धम्की दिएका थिए । राष्ट्रपतिले हालैको प्रतिबन्धले देशको अर्थब्यवस्थामा परेका प्रभावलाई अस्विकार गरेको छ । सन्चार माध्यमले समस्यालाई बढाई चढाई गरी समाचार दिने गरेको उनले बताए । यसबाट कुनै प्रकारको मन्दी वा बेरोजगारी नआउने र सम्बन्धित पक्षले अखबारमा त्यस्ता कुरा लेख्न छोड्नु पर्ने बताए ।

रुहानीले केही समस्या देखिएको स्विकार गर्दै डिसेम्बरमा पेश हुने नयाँ बजेटले यसको समाधान दिने जानकारी दिए । सरकारले अहिले पनि छुट जारी राख्ने र सरकारी कर्मचारीलाई तलब तथा पेन्सनमा २० प्रतिशत बृद्धी गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्