प्रहरी मारिए



नयाँदिल्ली,(एजेन्सी)
गाईहरु मारिएको हल्ला चलेपछि शुरु भएको हिँसात्मक दंगाको दौरान एकजना प्रहरी अधिकारीलाई हत्या गरेको आरोपमा तीनजना पुरुषलाई मंगलवार प्रहरीले गिरफतार गरेको छ । दक्षिणपन्थि हिन्दु समुहहरुसंगको भिडन्तमा सुवोध कुमार सिंहको ज्यान गएको हो । ति समुहले प्रहरीले उत्तर प्रदेश राज्यमा गौ हत्या रोक्न नसकेको आरोप लगाएका छन् ।

भारतको बहुसंख्यक हिन्दु जनसंख्याले गाईलाई पवित्र जनावर मान्ने गरेको छ । भारतका अधिकांश राज्यमा गौ हत्या प्रतिवन्धित छ । यस सम्बन्धमा विगतमा पनि हिँसा हुने गरेपनि प्रहरीमाथि हमला भएको सुनिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्