चर्चा उनै नाथको



हिन्दु धर्मावलम्बीहरुको ठूलो तीर्थस्थल हो पशुपतिनाथ । त्यसैले त पशुपतिनाथमा हरेक दिन, हरेक साता, महिना अनि बाह्रैमास देश÷विदेशका हिन्दु धर्मावलम्बीको बाक्लै चहल–पहल देखिन्छ । राजादेखि रैतीसम्म पशुपतिप्रति श्रद्धा, झुकाव राख्छन् ।

‘एक पटक पशुपति दर्शन गर्न पाए त धन्य हुने थिए, मरेपछि सिधै स्वर्ग पुग्ने थिए’ भन्नेहरुको संख्या ऊ बेला कुब्रा बाको पालामा पनि बाक्लै थियो, अहिले पनाती हजुरबा बनेर धेरै नाती÷नातिनाको धनी भएका बेला पनि उस्तै बाक्लै छ ।
‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ आफ्नो सम्बोधनको अन्त्यमा ऊ बेलाका हाम्रा श्री ५हरु यस्तै भन्थे । ‘विष्णुका अवतार’ भनिएका श्री ५ र र अन्य राजा महाराजाहरु त्यसै पशुपतिप्रति झुकेका होइनन् । राजगद्धी त्यागेपनि पूर्व श्री ५ र उनका सन्तती बेला मौकामा पशुपति परिसरमा टुप्लुक्कै देखा पर्छन् ।

‘राजतन्त्रलाई जरैबाट फाल्नुपर्छ’ भन्नेहरु अहिले सत्ताको डाडु पन्यू चलाइरहेका छन्, आफूलाई श्रीपेच विनाका राजाका रुपमा चिनाइरहेका छन् । तर उनीहरुलाई पशुपतिनाथ प्रति विश्वास छैन, खै कुन एकनाथ हो कि दुईनाथलाई आँखा चिम्लिएर विश्वास गर्न थाल्या छन् । उनै नाथले जे–जे भने त्यहि त्यहि मान्न थाल्या छन् । हाम्रा श्रीपेच विहिन राजा÷महाराजाको यस्तो कार्यशैली देख्दा थकित भएको धरहरालाई भन्न मन लाग्यो–‘उनै नाथले नेताहरुको कल्याण गरुन् ।’

प्रतिक्रिया दिनुहोस्