सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकालाई चलायमान कृत्रिम हात निर्माण र जडान गर्न २ लाख रुपियाँको आर्थिक सहयोग गरेको छ । ई–नेबल नेपाल सामाजिक कायमा सक्रिय रहेको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्