मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपालबीच सम्झौता



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल इन्जिनियरिङ प्रालिबीच नेपालका ग्रामीण तथा वित्तीय पहुँच नभएका स्थानमा वातावरणमैत्री इँटा बनाउने व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापश्चात ग्रामीण उद्यमीको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा बैंकले गरेको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र बिल्ड अप नेपाल इन्जिनियरिङका प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्