एनआईसी एसिया बैंकको नयाँ शाखा बिर्ताबजारमा



काठमाडौं, (नेस) ।एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोडमा स्थापना भएको छ । उक्त शाखा बिर्तामोड नगरपालिका मेयर धु्रबकुमार शिवाकोटीले उद्घाटन गर्नुभएको थियो ।

बैंकको २६८ शाखा, २८१ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् १९ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २११ अर्बभन्दा बढी तथा कुल निक्षेप करिब १७० अर्ब र कर्जा १४४ अर्ब रुपियाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्