हात्ती आतंक नियन्त्रण होस्



केही वर्षअघि ध्रुवे र रोनाल्डोको आतंकबाट चितवन र नवलपरासीवासी निकै पीडित बन्न पुगेका थिए । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको ध्रुवे बौलाउँदा तीन वर्षमा १५ जनालाई मारेको थियो । ध्रुवे हात्तीको खोजीमा महिनौँँ प्रयास गरे पनि सम्भव भएको थिएन । तराईका जिल्लाहरुमा जंगली हात्तीले आतंक मच्चाउँदा ध्रुवेको झल्को आउन अझै छाडेको छैन । यस आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको आक्रमणबाट आठजनाको ज्यान गइसकेको छ ।

चितवन तथा नवलपरासीका मध्यवर्ती क्षेत्रका बासिन्दा जंगली हात्तीको त्रासैत्रासमा बाँच्नुपर्ने नियति छ । अन्नबाली नष्ट गरिदिने, आक्रमण गर्ने र घर भत्काइदिने समस्याबाट बर्सेनि पीडित हुनुपर्ने समस्या यथावत् नै छ । चितवन राष्ट्रिय निकुञ्जका अधिकांश सामुदायिक वन तथा मध्यवर्ती क्षेत्रमा विद्युतीय तारबार लगाइएका छन् । तर, प्रभावकारी हुन नसकेको माडीकै घटनाले प्रमाणित गरेको छ । सरकारले जंगली हात्तीको आक्रमणबाट गाउँबस्तीमा सुरक्षा प्रदान गर्न दुःख दिने हात्तीलाई तत्काल नियन्त्रणमा लिइनुपर्छ ।
– वीरबहादुर बम, नवलपरासी ।

प्रतिक्रिया दिनुहोस्