अमूल्य धार्मिक निधिहरूमाथिको प्रहार



-भूमिनन्द देवकोटा
महासम्बोधी धर्म संघ गुरुज्यूको समीपमा पुग्ने र अनन्त ज्ञान, ध्यान, योगहरूको संगम धर्मका विषयमा बोध गर्ने जुन यज्ञ (वार्ता) अर्थात् अनुष्ठानको अवसर जुटाइदिने संघ (मैत्री धर्म संघ)ज्यूहरूप्रति सर्वप्रथम सहृृदय नमन गर्दछु । त्यस क्रममा महासम्बोधी धर्म संघ गुरुज्यूका बोधगम्य महावचनहरू श्रवण गर्ने दुर्लभ समयका लागि गुरुप्रति असीम श्रद्घा प्रकट गर्दछु । कसैलाई लाग्न सक्छ, विल्कुलै वाहियात, बकवास, फजुल कुराहरू ! तर मैले जुन यज्ञ (वार्ता)मा गुरुज्यूबाट गुरुवचनहरू श्रवण गर्न पाएँ ती विषयको गाम्भीर्यता अनन्त र असीमित रहेको मैले महसुस गरेको छु ।

प्रथमतः नाम, रूप, धर्म, आस्था, समुदाय, शक्ति, पद, योग्यता आदिका आधारमा भेदभाव नगर्न र भौतिक तथा आध्यात्मिक भन्ने मतभेदहरू त्याग्न आह्वान गर्नुहुन्छ । मानिस जन्मदा केही लिएर आएको छ्रैन, जन्मपछि यी उल्लिखित पदावलीहरूको चपेटामा परेर जुन भेदभाव र मतभेद चुलिँदो छ ती सब वाहियात र मानव समुदायको बीचमा शान्ति स्थापनाका बाधक भएर रहेका छन् । यी पदावलीहरूको त्याग गर्नु नै धर्मको पथमा विचरण हुने कुरा प्रस्ट गर्नुहुन्छ ।

अनि असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम पैmलाउने कार्य त्याग्न निर्देशित गर्नुहुन्छ । निश्चय नै मुखबाट बाहिर निस्कने कुनै पनि शब्दहरू अर्काको हृदयमा चोट पुग्ने हुनुहुँदैन, जसले अशान्तिको बीजारोपण गर्ने गर्दछ । सम्यक वचन गर्न सकेमा मात्र मानव समुदायको शान्तिमय यात्रा निष्कण्टक अगाडि बढिरहन्छ । विश्व एक घर एक समुदाय भएको प्रस्ट गर्दै राष्ट्रिय पहिचानको आधारमा मानिसप्रति संकिर्ण सोच नराख्न स्पष्ट सन्देश दिनुभएको छ ।

यी र यिनै गम्भीर विषयहरूका आधारमा गुरुज्यूको उपस्थितिलाई सर्वप्राणी, जगत्को हित र शान्तिका लागि प्रेरणाका स्रोतका रूपमा बुभ्mन र अवलम्बन गर्न सक्नुपर्दछ । तर यस समाजले सिकिराखेको देखिएको छैन । कस्तो विडम्वना ! जबसम्म महावीर जिउँदा थिए पत्थर मारियो, बुद्घको हत्याको कोशिश गरियो । मिराको अहिले गुणगान त गाइन्छ तर जिउँदो छँदा विषको प्याला दिइयो । संसारमा कति भव्य र महँगा चर्चहरू निर्मित छन् तर जिससलाई क्रुसमा टाँगेर निष्प्राण गरियो । अनि थोरै इतिहासलाई समीक्षा गरेर हेरौं त, यी महान् शान्तिका अग्रदूतहरूलाई कुनै चोर, हत्यारालाई भैmँ व्यवहार गरिए ।

ओशोलाई अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेल पठाए भने सञ्चारजगत्ले समेत मिथ्या लेखनले हिलाम्मे गराए । यी व्यवहार सही थिएनन् भनिरहेका छौं र त हामी अहिले उनीहरूलाई सम्मान गरिरहेका छौं, पुजिरहेका छौं । के इतिहासको नियति अहिलेका जिउँदा महासम्बोधी धर्म संघ गुरुज्यूमाथि पनि परिरहेको देख्दा मानिस पाठ्य सामग्रीहरूबाट सिक्ने गर्दैन । ऊ खाली मानव शास्त्रमा मानव विकासको बारेमा उल्लेख गरेझैँ मानिस पशुबाट मानिसमा फेरियो तर पशु चरत्रि जस्ताको तस्तै लिएर सवार छ, परिवर्तन भएन । ऊ पुनः लोभ र भयको कुण्डमा नै छ, जसले गर्दा भेदभाव र मतभेद, भ्रम, हत्या–हिंसा, चोरी गरेर आपूmलाई क्षणिक आनन्द खोजिरहेछ, तर सम्भव छैन ।

यिनै महासम्बोधी धर्म संघ गुरुज्यू जब हलखोरियाको जंगलमा कठोर तपस्यारत रहँदा ढुंगाले हान्ने, लठ्ठीले घोच्ने, दिनभर रमिता हेर्ने अनि जब चार बज्न लाग्छ एउटा बालक तपश्वीलाई जंगलमा छाडेर रमिते भीड जंगली जीवजन्तुको डरले भाग्थ्यो । चराले पनि निष्प्राण ठान्यो र टाउकोमा गुण बुन्यो नै । लामखुट्टे किराहरूको अहोरात्र खानपान र लहरी गाउने स्थल नै गुरुज्यूको शरीर बनेको थियो । तपस्यारत् महासम्बोधी धर्म संघ गुरुज्यूलाई यी कुनै पनि अड्चनले नाघ्न सकेनन् । सर्वजगत् प्राणी र वनस्पतिहरूको उद्धार हेतु महा कठोर तपले सफलता प्राप्त ग¥यो र गुरुज्यूले पहिलो देशनामा पृथ्वीको समेत आयु थप गरेर सर्वजगत् र प्राणीको मुक्ति मोक्ष्यको उद्घोष गर्नुभयो ।

हलखोरियाको तपोभूमिमा एकदिन मध्यराति गुरुज्यूमाथि असंख्य गोली प्रहार गरियो र मारिएको सन्देश पत्रपत्रिकामा समेत प्रसारण गराइयो । त्यसको भोलिपल्ट शव बरामद गर्न प्रहरीको जमात आए र भक्त, अनुयायीहरूलाई ठाउँ देखाउन भनियो । भक्त, अनुयायीहरूले गुरुको अनुमति लिएर प्रहरीलाई तपस्यारत ठाउँसम्म जान दिए । उनीहरूले वास्तविकता थाहा पाएर फर्किए । गुरुज्यूलाई सर्वगुरुज्यूहरूले रक्षा गरिरहनुभएको रहेछ (वार्ताको क्रममा गुरुज्यूबाट वचन भएअनुसार) । विडम्बनाको कुरा !

नेपाल सरकारको वन कार्यालयको नेतृत्वमा हलखोरियाको तपोभूमिमा निर्मित गुरुज्यूको ध्यानस्थल, धार्मिक अधिष्ठान, पूजापाठ गर्ने स्थान, ध्यान अभ्यास स्थलहरू डोजर लगाएर भत्काइयो । गुरुज्यूलाई विस्थापन गर्ने योजना थियो यो, तर संसारभर हालसम्म १६३ मुलुकका संघहरूले यो तपोभूमिलाई विश्वको केन्द्रविन्दुका रूपमा ग्रहण गरिसकेको हुनाले यो हलखोरिया जंगललाई आवश्यक प्रक्रिया पूरा गरी जति सक्दो चाँडो धार्मिक वन घोषणा गर्नुको विकल्प छैन । यस विषयमा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको अस्पष्ट हलखोरिया धार्मिक वनको निर्णयलाई पुनः सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मन्त्रिपरषद्ले स्पष्ट गरेर उपलब्ध गराउँदा संसार प्रफुल्ल हुनेछ । म लेखक पनि हलखोरिया धार्मिक वन उपलब्ध गराउन थप निवेदन गर्न चाहन्छु ।

एकपटकको कुरा हो, सत्रजनाको समूहबाट हातमा खुँडा, खुकुरी लिएर गरुज्यूमाथि आक्रमणको प्रयास भएको थियो । यसै विषयलाई लिएर केही सञ्चारमाध्यमले अनर्गल प्रचारप्रसार गर्न भ्याएका थिए । यसरी नै अरु पनि घटना भए र सञ्चारमाध्यमहरू फेरि पनि उस्तै प्रकृतिमा उभिए ।

अनि अहिले आएर मैत्रीय ११ शीलहरू पालना गर्न नसकेर काझ्योक्पा छाडेर बिदा लिएकाहरूमध्ये केहीले बाहिरी कुतत्वहरूसँगको साँठगाँठमा सम्भवतः आर्थिक प्रलोभनमा लम्पसार परी महासम्बोधी धर्म संघ गुरुज्यूप्रति केही समयपहिले कल्पना पनि गर्न नसकिने आरोप लगाएका र तिनीहरुमध्येले नै बाह्य कुतत्वहरुसँगको लगनगाँठोमा हलखोरियादेखि सिन्धुली, पत्थरकोट र सिन्धुपाल्चोकसम्ममा गुरुज्यूबाट प्रतिपादित र परिकल्पना गरिएबमोजिम वचन भई खाइबात्रय उत्तम लामा, साङ्गवो दोङ्ग (सिन्धुपाल्चोक) र छेवान घलान (मकवानपुर)हरूद्वारा सृजना गरिएका सर्वोत्कृष्ट कलाकृतिहरू जुन असीमित महत्वका मैत्रीधर्मका आस्था र विश्वासका पात्रहरू सर्वगुरुज्यूहरूका तस्वीरहरू (थाङ्का) भण्डारण गरिएको स्थान पत्थरकोटबाट चोरी भएको सुन्दा यो आलेखकर्मी मर्माहत भएको छ । राज्यले महासम्बोधी धर्म संघ गुरुज्यूको बारेमा यो मौनता साँध्नुको अर्थ के हो ? कि इतिहासमा जिउँदा बुद्घहरूमाथि गरिएको विवेकहीन कदमको पुनरावृत्ति हो ? सरकारले समयमा धार्मिक अमूल्य निधिहरूबारे सोचोस्, अन्यथा संसारभरका मैत्रीय भक्त अनुयायीहरूको प्रतिक्रिया कस्तो रहला ? शान्तिमय जगत् निर्माणमा सरकार समय छँदै सकारात्मक रहोस् र कुतत्वहरूको खेल निराकरण गरोस् ।

एउटा दृष्टान्तको विवेचना गर्नु यति बेला सान्दर्भिक भएकोले संक्षेपमा उल्लेख गर्न चाहन्छु । एउटा गिद्घले बिहान गुणबाट उड्ने बेलामा आफ्नो छोरालाई सोध्यो– के खान मन छ, म लिएर आउँछु । छोराले मान्छेको मासु खाने इच्छा बतायो । बाबु बेलुकी गुणमा आयो र छोरालाई मासु दियो । छोराले मासु हेरेर भन्यो– यो त गाईको मासु हो, म खान्न । गिद्घ भोलिपल्ट उड्ने बेलामा छोराले भन्यो– आज त मान्छेको मासु ल्याउनु नि ! गिद्घले हुन्छ भनेर उड्यो । बेलुकी मासु ल्याएर दियो । आजको मासु सुँगुरको रहेछ, म खान्न भन्यो छोराले । तेस्रो दिन उड्ने वेलामा छोरालाई आस्वस्त पार्दै गिद्घले गाई र सुँगुरको दुवै टुक्रा मासु लिएर उड्यो । अनि कुनै दुईवटा आस्था धर्म मान्ने धार्मिक स्थलमा गाई र सुँगुरको मासु क्रमशः खसालिदियो । एउटा आस्था र धर्मका मान्छेले अर्को आस्था र धर्मका मान्छेलाई आरोप–प्रत्यारोप लगाउँदै आपसमा लडेर थुप्रैको ज्यान गयो ।

लासको खात लाग्यो । अनि गिद्घले छोरालाई ल हेर मानिसहरू कति अन्धभक्त बेकुफ छन्, कसले फाल्यो, किन, के, कसरी नजानीकन अन्धाधुन्ध एक–आपसमा लडेर मरे । विवेकहीन भक्त हुनु विनाशको बाहक बन्नु हो । हेर् छोरा, कति खान्छस् खा एकछाक मात्र होइन, महिनौं खा । यसरी मैत्रीय अनुयायीहरू विवेकको प्रयोग नगरी आवेगमा आएर विनाशको बाटो भने रोज्ने गर्दैनन् भन्ने सहज बुझिन्छ । तर यसरी निरन्तर अमूल्य धार्मिक निधिहरूमाथिको प्रहार ती निशाचरहरू अर्थात् नीच आत्माहरूबाट भैरहने हो र सरकार अमूल्य धार्मिक निधिहरू जोगाउन उदासीन रहेमा तिनीहरूप्रति विवेकपूर्ण ढंगले मैत्रीय अनुयायीहरूले प्रतिकार अवश्य गर्नेछन् भन्ने यो लेखकको पनि ठम्यायी छ ।

प्रतिक्रिया दिनुहोस्