अन्योलमा बाहिरी चक्रपथ: तीन वर्षदेखि कर्मचारी कामविहिन



सुरेश तामाङ, काठमाडौं । ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत त ग¥यो तर बाँकी काम नहुँदा अझै यस योजना बन्नेमा अन्यौल देखिएको छ ।

बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल (६ दशमलब ५ किलोमिटर) खण्डलाई पाईलट प्रोजेक्टको रुपमा निर्माण गर्नका लागि डिपिआर स्विकृत गराएको थियो । तर जग्गा अधिग्रहण, जग्गा रोक्काको विषय टुंगोमा नपुग्दा योजना बन्नेमा ढिलाई उत्पन्न भएको आयोजनाले जनाएको छ ।
शहरी विकास मन्त्रालयले १३ वैशाख २०७४ मा बाहिरी चक्रपथको पहिलो खण्ड सतुंगल–चोभार खण्डको डिपिआर स्विकृत गरेको थियो । आयोजनाले भने सोही बर्षको असार अन्तिम साता जग्गा अधिग्रहणका लागि मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो ।

प्रस्ताव लगेको १ वर्ष पछि बल्ल जग्गा अधिग्रहणको लागि स्वीकृती दिने निर्णय त गरियो तर कानुनी समस्या देखियो । जसले गर्दा योजनाको काम सुरु हुन सकेन । जसले गर्दा योजनाको काम बन्नेमा अझैसम्म पनि अन्यौल नै छ ।
‘अहिलेसम्म जग्गा अधिग्रहण र जग्गा रोक्काको विषयमा टुंगो लागेको छैन । फाईल शहरी विकास मन्त्रालयमा पुगेको छ । तर अहिलेसम्म निर्णय भएको छैन ।’, आयोजना प्रमुख दिलिप भण्डारीले नेपाल समाचारपत्रलाई भन्नुभयो ।
उहाँका अनुसार जग्गा अधिग्रहणका लागि कानुनी कुरा उल्लेख नभएकोले काम अघि नबढेको हो । जग्गा अधिग्रहण गर्ने विषयमा जग्गा प्राप्ती ऐन अनुसार हुने पर्नेमा कानुन बमोजिम भएकोले जग्गा अधिग्रहण गर्न समस्या भएको उहाँको भनाई छ ।

‘योजना अघि बढाउन डिपिआर स्विकृत भएर मात्रै हुँदैन । जग्गा रोक्का र अधिग्रहण पनि हुनु प¥यो । त्यसमा केही समस्या भएर काम अघि बढ्न नसकेको हो ।’ उहाँले भन्नुभयो । अहिले संशोधन सहित निर्णयको पर्खाईमा आयोजना रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयकै राय अनुसार आयोजनाले चोभार–सतुंगल खण्डको जग्गा अधिग्रहण गरेर काम गर्दै जाने र बाँकी खण्डको जग्गा रोक्का गरेर राख्ने योजना बनाएको छ ।

चोभार–सतुंगल जस्तै ८ खण्डको डिपिआर बनिसकेको तर स्विकृत भईसकेको छैन भने १ खण्डको डिपिआर गर्नै बाँकी रहेको छ । खड्का भद्रकाली चपलीघुम्तीबाट नयाँपाटीसम्मको खण्डको डिपिआर बन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

उक्त खण्डहरुमा जग्गा खरिद बिक्री र भौतिक संरचना बनाउने होडबाजी नै चलिरहेकोले यस खण्डहरुमा पर्ने सबै जग्गा रोक्का राख्ने योजना सहित फाईल मन्त्रालय पुगेको आयोजनाले जनाएको छ ।

यी दुई फाईलहरु माथि निर्णय भएर आएपछि मात्रै जग्गा रोक्का, अधिग्रहणको प्रकृया सुरु हुने र योजनाको काम अघि बढ्ने योजना प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार यी दुई फाईलहरु दशैं अगाडि नै मन्त्रालय पुगिसकेको छ । तर अहिलेसम्म मन्त्रालयबाट केही जवाफ आईनसकेकोले आयोजना पर्ख र हेरको अबस्थामा रहेको उहाँले बताउनुभयो । सुरुमा १० वर्षभित्र चक्रपथ बन्ने योजना थियो । अहिले चोभार–सतुंगल खण्ड ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ ।

विभिन्न कारणले पटक÷पटक लिंगरिङ भईरहने यस अयोजनाका कर्मचारीहरु तीन वर्षदेखि काम विहिन जस्तो बनेको आयोजना स्रोतले जनाएको छ । स्रोतका अनुसार आयोजनाले अहिले जनसम्पर्क बाहेक अरु काम गर्न पाएको छैन । ‘कार्यालयमा आउने सेवाग्राहीको भनाई चक्रपथ बनाउनु पर्छ भन्ने धेरै छन् । उनीहरुलाई योजना, काम, उद्देश्य लगायतका विषयमा ब्रिफिङ गर्ने बाहेक खासै कामै छैन ।’, स्रोतले भन्यो ।

चोभार सतुंगल खण्डको डिपिआर चारकिल्ला प्रकाशित भईसकेको छ । ६६ किमि मध्ये ५४ किमि सडक खण्डको डिपिआर बनिसकेको छ । भने कुल ८० हजार रोपनी जग्गा रोक्का राखेर ल्याण्ड पुलिङ गर्ने योजना आयोजनाको छ ।

आयोजनाले चोभार–संतुगल खण्डमा चक्रपथ बनाउनका लागि मात्रै १४ हजार जग्गा धनीका ८ हजार रोपनी जग्गा रोक्का गर्दैछ । अधिग्रहणपछि जग्गा एकीकरण प्रक्रिया माध्यमद्वारा बाहिरी चक्रपथको अधिकार क्षेत्र (राइट अफ वे)का लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिनेछ । चक्रपथको दुवैतर्फको करिब २ सय ५० मिटर क्षेत्रमा योजनाबद्ध तथा व्यवस्थित सहरी विकास गरिने आयोजनाले जनाएको छ ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।

चक्रपथको दायाँबायाँ २५०÷२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु आयोजनाले बनाइदिनेछ ।सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ । निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा वस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्