फ्रान्समा आनदोलनरत पक्ष र प्रधानमन्त्रीबीच वार्ता



काठमाडाैं ।

इन्धन मूल्यबृद्धिको विरोधमा भइरहेको पहेँलो ज्याकेटधारी आन्दोलनकर्ताका प्रतिनिधि र फ्रान्सेली प्रधानमन्त्री एडोआर्ड फिलिपेबीच आज मंगलबार वार्ता हुँदैछ ।

विरोध प्रदर्शनलाई परिणाममुखी बनाउन सरकारसँग वार्ताको तयारी गरेका प्रदर्शनकारीका प्रतिनिधिलाई उनीहरुकै सदस्यबाट मार्ने धम्की आएको छ । केही कट्टर प्रदर्शनकारीले सरकारसँगको वार्तामा सहभागी नहुन चेतावनी दिएका छन् ।

नोभेम्बरको मध्यदेखि फ्रान्समा इन्धनमा लगाइएको कर बढाएको भन्दै आन्दोलन जारी छ । तर, बिरोध प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ भने सरकारबिरुद्ध रिस पोख्ने माध्यम बनेको छ ।

प्रदर्शन सुरु भएयता तीन जनाको मृत्यु भइसकेको छ भने राजधानी पेरिसका थुप्रै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । यो आन्दोलन सामाजिक सञ्जालबाट आह्वान गरिएको थियो र त्यसमा प्रायःले समर्थन जनाएका थिए ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस आन्दोलनलाई आफ्नो सुधार कार्यक्रम रोक्नका लागि विपक्षीले प्रयोग गरेको अश्त्र भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्