जिउँदै जाइएकी महिला सिकिस्त



नयाँदिल्ली,(एजेन्सी)
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा दुईजना पुरुषले जिउँदै जलाइएकी एक महिलाको अवस्था निकै चिन्ताजनक रहेको प्रहरीले आइतवार बताएको छ । ति दुई पुरुषले नाम नखुलाइएका सोहि महिला माथि केहि दिन अघि यौन दुव्र्यवहार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

शनिवार आफुमाथि भएके दुव्र्यवहारबारे प्रहरीलाई उजुरी गर्नजाँदै गर्दा उनीमाथि बिचबाटोमै आक्रमण गरिएको थियो । यसअघि प्रहरीले उनको उजुरीको वेवास्ता गरेको अरोप लगाइएको छ ।

एकजना वरिष्ठ प्रहरी अधिकारीले दुवै पिडकलाई गिरmतार गरिएको र तीनजना प्रहरीलाई निलम्वन गरिएको विविसि हिन्दिलाई बताएका छन् । ति महिलाको शरिर नराम्ररी जलेको छ ।

महिला अधिकारवादी अभियन्ताहरुले प्रहरीले यौन दुव्र्यवहार र वलात्कारका पिडितहरुलाई वेवास्ता गर्ने नौलो कुरो नभएको बताएक छन् । गत २९ जोम्वरमा दुव्र्यवहारको शिकार भएकी यि २२ वर्षिया महिला माथि सितापुर जिल्लामा आक्रमण भएको हो ।

यसै वर्षको शुरुमा भारतका दुईवटा राज्यमा वलात्कार पछि तीनजना किशोरीलाई जिउँदै जालइएको थियो । ति मध्ये दुईजनाको मृत्यु भएके थियो ।

प्रतिक्रिया दिनुहोस्