गाडीका कर फिर्ता



वासिङटन (एजेन्सी)
चीन अमेरिक गाडी आयातमा लगाइएको अतिरिक्त शुल्क फिर्ता लिन सहमत भएको अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आइतबार बताए । विश्वका दुई ठुला अर्थतन्त्रबीचको ब्यापार युद्ध स्थगित गर्न एक दिन अगाडी सी जिनपिंगको वार्तामा सहमति भएको थियो ।

चीन अमेरिकी गाडीहरुमा हाल लगाइ आएको ४० प्रतिशत शुल्क घटाउन सहमत भएको ट्रम्पले ट्विट मार्फत जानकारी दिएका छन् । चीन र अमेरिकाबीच आगामी तीन महिना सम्म आयातमा कुनै प्रकारको शुल्क नलगाउने सहमति भएको थियो । यसबीचमा दुई पक्षबीच विस्तृत सम्झौतालाई टुंगोमा पुर्याउने प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्