एनआईसी एसिया बैंकको डेपुटी सीईओमा पाण्डे



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक सोमबार बसेको ३८०औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।

तत्कालीन नेपाल ग्रिण्डलेज बैंकबाट २०४६ सालदेखि बैंकिङ सेवामा प्रवेश गर्नु भएका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले विभिन्न बैंक विभागीय प्रमुखको भँमिका निर्वाह गर्दै आउनु भएको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले सोमबार नै पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्