गृहमन्त्रीकै निर्देशनमा प्रमाण नष्ट भयोः नेतृ संग्रौला



महेश न्यौपाने, रोल्पा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डीला संग्रौलाले गृहमन्त्रीको निर्देशनमा निर्मला पन्त हत्याको प्रमाण नष्ट गरिएको वताएकी छिन । ंकंचनपुरमा हत्या गरिएकी निर्मला पन्तको न्यायका लागी देश दौडाहामा रहेकी नेतृ संग्रौलाले रोल्पा सदरमुकाम लिबाङमा आयोजित एक कार्यक्रममा यस्तो आरोप लगाएकी हुन ।

हत्या भएको लामो समय सम्म पनि दोषी पत्ता लाग्न नसक्नु राज्यको निरिहता भएको वताउदै यस्तो गम्भिर नैतिक प्रश्न उठ्दा समेत गुहमन्त्री कुर्सीमा वसिरहनुले लोकतन्त्रमाथि नै लज्जावोध भईरहेको नेतृ संग्रौलाको भनाई छ । राज्यको पुरै शक्ति र संयन्त्र परिचालन गर्दा पनि दोषी पत्ता नलाग्नुले गृहमन्त्रीकै निर्देशनमा प्रमाण नष्ट भएको पुष्टी हुन्छ नेतृ संग्रौलाले भनिन ।

निर्मला हत्याकाण्डको प्रतिवेदन नै रहस्यमय रहेको औल्यादै सरकारको अहिले सम्मको रवैया हेर्दा निर्मला पन्तका परिवारले न्याय पाउने देखिदैन प्रतिनिधि सभाका सदस्य समेत रहेकी नेतृ संग्रौलाले भनिन । आफुहरुले सडक र सदन दुवै स्थानवाट दवाव दिइरहेको भए पनि सरकार कानमा तेल हालेर वसेको छ नेतृ संग्रौलाले भनिन ।

नयाँ युगको सुरुवात विद्युतको पोलमा प्रधानमन्त्रीको तस्विर टाँसेर नआउने वताउदै वर्तमान सरकारले ९ महिनामा ९ वटा पनि असल काम गर्न सकेन नेतृ संग्रौलाले भनिन । हत्या हिंसा, आतंक, मूल्य वृद्धी, कर आतंक वाहेक जनताले कुनै अनुभूती गर्न नपाएको संग्रौलाको भनाई छ ।

नेपाली कांग्रेस संसदमा जिम्मेवार प्रतिपक्षको रुपमा रहेको वताउदै संघीयताको जननी कांग्रेस भएकाले यसको सुदृढीकरण कांग्रेसवाट मात्र संभव रहेको नेतृ संग्रौलाको भनाई छ । नेपाली कांग्रेस भित्रा भित्रै संघीयताको विरोधमा लागेको भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई तर्फ संकेत गर्दै नेतृ संग्रौलाले भनिन वर्तमान सरकारले संघीयतालाई विकृत वनायो अव कांग्रेसले संघीयतालाई जनपक्षिय वनाउछ ।

विगतमा नेकपा माओवादी केन्द्र संग गरिएको सहकार्यको स्मरण गर्दै नेतृ संग्रौलाले भनिन वन्दुकको नालवाट मात्रै राज्य सत्ता आउछ भनेर विश्वास गर्नेलाई संसदीय मुलधारमा ल्याउन सफल भयौ । हिंसाको खेती गर्ने संग कांग्रेसले सहकार्य गर्दैन नेतृ संग्रौलाले भनिन ।

निर्मला पन्त र रोहित पुनका परिवारलाई न्याय दिलाउन दवाव दिने भन्दै गत असोज ११ देखी प्रदेश १ को विराटनगरवाट अभियान थालनी गरेकी उनले ७ नम्वर प्रदेशका सवै जिल्ला सदरमुकाम पुगेर कार्यक्रम गरेको जानकारी दिईन । जनयुद्धको नाममा हत्या हिंसाको लामो सृंखला व्यहोरेको रोल्पामा शान्ति प्रकृया पछि पनि यस्तो सृंखला नरोकीएको उनको भनाई थियो । रोहित पुनलाई शहिद घोषणा गर्न सरकारलाई दवाव दिन आफुहरुले यस्तो अभियान चालेको नेतृ संग्रौलाको भनाई छ ।

नेपाल महिला संघका पूर्व केन्द्रीय सभापति समेत रहेकी नेतृ संग्रौलाको प्रमुख आतिथ्यतामा आईतवार नेपाल महिला संघ रोल्पाले दवाव ¥याली समेत आयोजना गरेको थियो । निर्मला पन्तका परिवारलाई न्याय र रोहित पुनलाई शहिद घोषणा गर्नु पर्ने उनीहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्