दूरी टाढा भएर पो



सामाजिक प्रेमकथामा निर्मित फिल्म डोलीमा समावेश दूरी टाढा भएर पो बोलको गीत शनिबार सार्वजनिक गरिएको छ। राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको डोली २८ मंसिरमा प्रदर्शन हँुदै छ।

राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ। गीतमा फिल्मका सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपालीको प्रस्तुति रहेको डोलीमा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउवाला गौतम, सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन्।

सीडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्म जयराम थापाले खिचेका छन्। फिल्ममा गीत श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्