किशोरसंग विवाह गर्ने महिला जेलमा



मुम्वइ,(एजेन्सी)
भारतिय शहर मुम्वइमा प्रहरीले एकजना सत्र वर्षिय किशोरसंग विवाह गरेको आरोपमा एक बिस वर्षिया महिलालाई गिरफतार गरेको छ । विगत पन्ध्र दिनदेखि ति महिला र तिनीहरुका पाँच महिने छोरी कारगारमा थुनिएको संचार माध्यमले जनाएको छ ।

किशोरकी आमाले प्रहरीमा उजुरी गरेपछि नाम नखुलाइएका ति महिलालाई पक्राउ गरिएको थियो । उनी विरुद्ध बाल यौन उत्पीडनको अभियोग लगाइएको छ । ति महिलाले आपसी सहमतिमै आफुहरुको विवाह भएको बताउादै आफ्नो पतिको उमेर नपुगेको भन्नेबारे पनि प्रतिकार गरेकीछिन् ।

भारतमा यौन सम्पर्कका लागि अठार वर्ष उमेर पुगेको हुनुपर्छ । तर कानुनी रुपमा विवाह गर्नका लागि महिलाको उमेर १८ र पुरुषको २१ पुगेको हुनुपर्दछ । त्यसैले यस घटनामा प्रहरीले ति महिला विरुद्ध बाल विवाह कानु तोडेको अभियोग पनि लगाएको छ ।

नयाँ दिल्ली स्थित विविसिका पत्रकार गिता पान्डेले यसरी कम उमेरका केटासंग विवाह गरेको मामिलामा महिला पक्राउ पर्नु दुर्लभ घटना भएको बताएकी छिन् । ति किशोरका आमाले गत वर्षकै डिसेम्वरमा ति महिला र उनको परिवारले आफ्नो छोराको अपहरण गरी विवाहका लागि दवाव दिएको मुम्वई प्रहरीका एक अधिकारीले बताएका छन् ।

ति महिलाले किशोरलाई यदि भेट्न बन्द गरेको खण्डमा आफुले आत्महत्या गर्ने धम्की दिएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्