एर्दोगानद्वारा आशंकितलाई सपुर्दगी गर्न माग



इस्तानवुल,(एजेन्सी)
तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले साउदी पत्रकार जमाल खसोगीको हत्यामा संलग्न आशंकित व्यक्तिहरुलाई सुपुर्दगी गर्न आइतवार साउदी अरेविया समक्ष माग गरेका छन् । अर्जेन्टिनमा भइरहेको जि – २० मा भागलिने सिलसिलामा उनले वार्तामा खसोगीको विषय समाविष्ट नगरिएको र क्यानाडाका जस्टिन ट्रुडिउले मात्र यस प्रसंगलाई कोट्याएका हुन् ।

साउदी अरेवियाले उक्त हत्याकाण्डलाई लिएर एघारजनालाई गिरफतार गरेको थियो । तर तिनीहरुलाई टर्की पठाइने कुनै संकेत देखिएको छैन । खसोगीको गत अक्टोवरमा टर्कीको राजधानी इस्तानवुल स्थित साउदी नियोगमा हत्या भएके थियो ।

अमेरिकाको वासिंगटन पोष्टका स्तम्भकार समेत रहेका खसोगीलाई शुरुमा साउदी अरेव्वियाका युवराज मोहम्मद विन सलमानको आदेशमा हत्या गरिएको बताइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस्तो हत्याकाण्डमा अमेरिकी गुप्तचर निकाय सिआइएले भने जस्ते सलमानको अनुमति चाहिने भन्ने भनाई प्रति आफ्नो विमती रहेको अमेरिकी संचार माध्यमलाई बताएका थिए ।

यसैबिच अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुले उक्त हत्याकाण्डमा अमेरिकी गुप्तचर निकायबाट भएको सम्पुर्ण अनुसनधान नियालेर हेरेको तथा त्यसमा युवराज मोहम्मदको कुनै प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण नभेटिएको सिएनएनलाई बताएका छन् ।

राष्ट्रपति एर्दोगानले खसोगीको हत्या समबन्धमा साउदीले दिएको प्रतिक्रिया आफुलाई चित्त नबुझेको तथा साउदी सरकारी निकायले तुर्केली अनुसन्धानलाई नसघाएको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्