ज्ञान निकेतनको क्लीन स्विप



काठमाडौं, (नेस)

ज्ञान निकेतनले तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार उपाधिमथि क्लीन स्विप गरेको छ ।

माफद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले विज किड्सलाई ३७–२३ ले पराजित ग¥यो । टोलीका सम्राट भुमिले २० अंक जोडे । सिनियर गल्र्स फाइनलमा ज्ञान निकेतनले विज किड्सलाई नै २०–१४ ले हरायो । विजेताकी कुसुम विष्टले २३ अंक जोडिन् ।

त्यस्तै जुनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले जगत मन्दिरमाथि २७–२० को जित निकाल्यो । विजयी टिमका लागि जेबिश सारुले १० अंक जोडे । फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सम्राट, कुसुम र जेबिश आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञान निकेतनका संरक्षक लीला कुँवर, प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, प्रतियोगिता संयोजक सञ्जयजित कुँवर, माफका अध्यक्ष राजन आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । माघ १० गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ६–६ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्