चेल्सी विजयी



लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीले फुलह्यामलाई २–० ले पराजित गर्दै स्पष्ट तीन हासिल गरेको हो । चेल्सीको जितमा पेड्रोले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । पेड्रोले कान्टे एन्गोलोको पासमा उक्त गोल गरेका थिए ।

यस्तै खेलको ८२औं मिनेटमा रुबेन लोफ्ट्सले चेल्सीको अग्रता दोब्बर पारे । इडेन हजार्ड र पेड्रोको समन्वयमार्फत् प्राप्त बलमा रुबेनले दोस्रो गोल गरेका थिए । जितसँगै चेल्सीको १४ खेलबाट ३१ अंक भएको छ । समान खेलबाट मात्र ८ अंक जोडेको फुलह्याम भने अंक तालिकाको पुछारमा रहेको छ ।

भ्यालेन्सियामाथि रियलको जित

स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोलअन्तरले हराएको हो । घरेलु मैदानमा एक आत्मघाती गोल उपहार र लुकास भास्क्वेजले एक गोल गरेपछि रियलले सहज जित निकालेको हो । जितसंगै रियलले शीर्ष स्थानका क्लबसंगको अंक दुरी घटाएको छ ।
खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट रियलले अग्रता बनाएको थियो । भ्येलान्सियाको ड्यानियल वासले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा रियलले थप एक गोल गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । खेलको ८३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए । जितसंगै रियलका प्रशिक्षक सान्टिएगो सोलारीलाई केहि राहत मिलेको छ । प्रशिक्षक नियुक्त भएपछि अघिल्ला खेलमा खराब प्रदर्शन कायम रहेपछि सोलारी दबाबमा रहेका थिए । जितपछि रियलले १४ खेलबाट २३ अंक जोडेको छ । भ्यालेन्सियाले भने समान खेलबाट १७ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत शनिबारै भएको अन्य खेलमा सेल्टा भिगोले पनि हुएस्कालाई २–० ले पराजित गर्दा गेटाफेले इस्पान्योललाई ३–० ले तथा लेगानेसले रियल भालाडोलिडलाई ४–२ गोल अन्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्