कछुवा शैलीको सरकार, जनअपेक्षा ‘खरायो दौड’ जस्तो



पेशल आचार्य
‘जिम्वाली देश’ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले राष्ट्रिय सुरक्षा मामिलाकी उपसल्लाहकार मिरा रिकार्डेललाई बर्खास्त गर्नुपर्ने जिकिर गर्दै राष्ट्रपतिमाथि निरन्तर दबाब सिर्जना गरेकी छन् । समाचार स्रोतहरूका अनुसार ट्रम्पले मेलानियाको उच्च दबाव थेग्न सक्दैनन् ।

रिकार्डेलको पद खोसिन सक्छ । हैरान लाग्दो कुरा के भने, उनी ट्रम्पकी विश्वासपात्र मात्र नभएर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन दिलोज्यान दिएर लागिपरिन् । यदि ट्रम्पले अर्धाङ्गिनी र रिकार्डेलबीचको सम्बन्ध सहज बनाएनन् भने उनले आफ्नो टिमकी एक विश्वासपात्र असमयमै गुमाउनुपर्ने हुन्छ ।

राष्ट्रपति वा प्रधानमन्त्री नै किन नहोस्, जनअभिमत पाएर सरकारमा जाँदा ऊ मात्र शासनाधिकारमा एक्लो जाँदैन, साथमा फरियाका नाता, भित्रिया र आसेपासेहरू लिएर जान्छ । त्यो हूललाई सरलमा ‘किचेन क्याबिनेट’ भनिन्छ । किचेन क्याबिनेट नै हुन् कार्यकारीलाई चर्को दबाब दिई असफल बनाउने ।

यदि तिनीहरूको भिजन उच्च भएमा समयमा सही सल्लाह दिएर कार्यकारीलाई ‘राजनेता’ बनाइदिने तागत राख्छन् तर चण्डालचौकडी र दुनो सोझ्याउने सङ्कुचित ‘भातमारा’हरू मात्रै परेछन् भने कार्यकारीलाई कार्यकालअघि नै रसातलमा पु¥याइदिन्छन् । यस्ता विचित्र पात्रहरू संसारका सबैजसो कार्यकारीहरूले भोगेका दृष्टान्त छन् ।

विगत् ७० वर्षको इतिहास मिहीन ढङ्गले केलाउँदा पञ्चायत र प्रजातन्त्रोत्तर दुवै कालमा अदृश्यरूपमा त्यस्ता पात्र बग्रेल्ती पाइन्छन् । सो बुझ्न पञ्चायत कालबाटै विश्लेषण गरौं । राजा महेन्द्रलाई ‘पञ्चायतजननी’ भनिन्छ । यद्यपि, उनका शासनमा देशले विकासका अनेकौं पूर्वाधार पाएथ्यो । महेन्द्र राजमार्ग, मुद्राको भारूसँगको सटहीदर, उद्योगधन्दा स्थापना, विश्वविद्यालय, एकेडेमी, राष्ट्र बैंक, क्षेत्रीय विकास, पञ्चशील सिद्धान्त, असंलग्न परराष्ट्रनीति र गाउँफर्ख राष्ट्रिय अभियान । यी कार्यक्रमले महेन्द्र इतिहासमा ‘याद्गर’ शासकमा स्थापित छन् ।

मंगालको ढकन नढाकिदिनाले साइकलयात्रीको डुबेर मृत्यु भयो । जब उनी ढलमा निसास्सिएर मरे, भोलिपल्टै मंगलको ढकन बन्द गरियो । ‘घर खरानी भएपछि आगो निभाउन दमकल पठाउने’ संस्कारले समृद्धिको यात्रामा हामीलाई कहाँ पु¥याउँछ ? सरकार कछुवा–गतिमा र जनचाहना खरायो दौडजस्तो देखियो । नीति–निर्माण र सरकारमा बस्नेहरूको अन्तरात्माले स–साना समस्यालाई देख्ने परिपाटीको आरम्भ कहिले हुने हो ?

उनले गलत गरेकोचाहिँ नेपाली कांग्रेसको दुई तिहाइ सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सत्ताबाट हठात् बहिर्गमन गराई अकारणमा जेल हाले । कोइरालालाई उनले चुस्तरूपमा काम गर्न दिएथे भने त्यो बेलाबाटै नेपालको हुलिया एसियाका तन्नम देशभन्दा माथि हुन्थ्यो ।

भनिन्छ, दुवैमा इगो टक्कर थियो । दुवैको व्यक्तित्वमा एक–अर्कालाई ओझेलमा पार्न सक्ने करिश्मायुक्त आभा थिए । संयोग अर्को थियो– दुवै भविष्यद्रष्टा साहित्यकार थिए । राजा कवि र प्रधानमन्त्री आख्यानकार । एउटाका कवितामा देशभक्तिका भाव लवालव थिए भने अर्काका विचारमा यौन मनोविज्ञानको सूक्ष्म दर्शन झुसी थियो ।

मर्ने बेलामा महेन्द्रले प्रधानमन्त्रीलाई भनेथे– ‘…म मरे पनि मेरो देश बाँचिरहोस् ।’ यहाँ बुझ्नुपर्ने कुरा, उनले जसलाई भने, त्यो व्यक्तिको नाम कोटेसनमा अटाएन । राजाहरूलाई शासनमा ‘सल्लाह’ दिन ऊ बेलासमेत अनेक आवरणका ‘सूत्रधार’ हुन्थे । राजा वीरेन्द्रका शासनमा ‘शान्तिक्षेत्र प्रस्ताव’ र देशलाई ‘एसियाली मापदण्डमा पु¥याउने’ जस्ता नारा तय गरिए ती सबैका पछि अनेक शक्तिशाली पञ्चकै हात थियो । भनिन्छ– ‘वीरेन्द्रका शासनमा तत्कालीन रानी ऐश्वर्य दबाब दिन्थिन् । समयक्रममा दबाबको चरम रूप दीपेन्द्रका बिहेको इस्सुमा ‘दरबार हत्या काण्ड’ अनुहारमा सतहमा आयो ।

यद्यपि त्यसका पहेलीहरू अझै ‘अनसिन’ छन् । मानिसहरू ‘भारत’ र ‘माओवादी’ लाई समेत त्यहाँ जोड्दै नौरङ्गी टिप्पणी गर्छन् । सेनाका विवेक शाहले किताबै लेखे । कृष्ण अविरलको ‘रक्तकुण्ड’ उपन्यास आयो । शाह वंशका शाही नातेदारहरू र राजपरिवारको सामूहिक कत्लेयाम गराउने त्रासदीपूर्ण त्यो घटनालाई केही बुद्धिजीवीहरू अझै ‘दोस्रो कोतपर्व’को संज्ञा दिन्छन् ।

प्रजातन्त्र पुनरोदयपछि स्थापित कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा ‘किचेन क्याबिनेट’को सघन चरितचर्चा नसुनिँदै आमनिर्वाचनपछि कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला एकमना सरकारका प्रधानमन्त्री भए । कोइरालाको बहुमतको सरकार क्रियाशील हुँदा विदेशीसँग बिहे गरेर जर्मनी बसेकी उनकी पुत्री सुजाता कोइरालाको स्वदेश आगमनसँगै ‘किचेन क्याबिनेट’ सल्बलायो । भनिन्थ्यो, ‘किचेन क्याबिनेटले गिरिजाबाबुलाई हुने÷नहुने दबाव दिन्थ्यो र सत्ता सञ्चालनमै ‘टाङ’ अड्याउँथ्यो । कोइरालाकै पालामा नेवानिमा ‘धमिजा काण्ड’ घटाइयो, जसमा अदृश्य आसेपासेहरूले उनलाई बद्नाम गराउन ठूलो भूमिका खेले ।’

२०४६ देखि २०७३ सम्म २७ वर्षका दौरान देशमा २५ वटा सरकारहरू गठन÷विगठन भए । ती सरकार क्रियाशील हुँदा अनेक फेसका किचेन क्याबिनेटका अदृश्य नामहरू सतहमा आउँदै सरकार विगठनसँगै बलेँसीका पानीका फोकाझैँ फुटेर विलीन हुन्थे । कृष्णप्रसाद र मनमोहन अधिकारीका सरकारमा त्यस्ता नाम कम सुनिए । माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमपत्नी हिसिला यमीको ‘फाइल अड्काएर राख्ने स्टायल’ अनेक किस्सामा पत्रिकामा सविस्तार वर्णन हुन्थे ।

यो क्रम शेरबहादुर देउवा प्रम हुँदा झन् चुलियो । देउवा पत्नी डा.आरजु देउवा ती समयहरूमा अधिक ‘चर्चित’ रहिन् । हुँदा–हुँदा सुशील कोइराला प्रम भएका बेला उनकी नाताभित्रकै र अमेरिका प्रवासमा रहेकी महिला मृदुला कोइराला प्रम निवासमा हाँपझाँप देखाएर फूर्ति गर्थिन् । पछि कोइरालाको अवसानसँगै उनी हराइन् । यी पृथक् पात्रले सत्ताको ‘पावर’मा बहुरूपीय पात्र÷प्रवृत्ति गरिब देशको राजनीतिमा कसरी प्रवेश र बहिर्गमन हुन्छ भन्ने देखाउँछ ।

उद्धृत गरिएका ऐश्वर्य, सुजाता, हिसिला, आरजु र मृदुलाका नामहरूले निकट व्यक्ति सत्तामा रहेका बेला आफ्नो तागतले भ्याएसम्म सरकार प्रमुखका इर्दगिर्दमा रही कार्यकारीमा निहित ‘असीम राज्यशक्ति’को चरम दुरूपयोग गरी नितान्त व्यक्तिगत फाइदाका लागि राम्रा–नराम्रा दुवै बाटाबाट व्यक्तिगत स्वार्थ पूरा गर्न ‘किचन क्याबिनेट’का सदस्यहरू मरिहत्ते गर्छन् भन्ने देखाउँछ । देश र जनता त दिखावा मात्रै हुन् । कानुन, नियम र परिपत्रले प्रक्रियाका बृहत् पथ समात्ने हुँदा सत्तावृत्तमा रहने यस्ता ‘पावर ब्रोकर’ले नै कतिपय अवस्थामा कार्यकारीको गर्विलो राजनीतिलाई धूलिसात बनाइदिएका छन् ।

इतिहासले नै खुल्लंखुल्ला लेखेको कुरा नेपालमा आफ्ना मान्छे सत्तामा रहँदा अदृश्य रूपबाट आफ्नो व्यक्तिगत स्वार्थका लागि निर्णय गराउने, कानुन मिच्ने, विपक्षलाई पेल्ने र झुटा मुद्दा लगाएर जेल कोचिदिने कार्यहरू गरिए । यसले गर्दा फरक विचार राख्ने पार्टीबीच ‘बापवैरी साँध्ने’ कुपरम्पराको थालनी भयो । हुँदा–हुँदा आफ्नो पार्टी सत्तामा रहँदा राजदूत, सीईओ, सचिव, अख्तियार एवम् निर्वाचन प्रमुख तथा उपल्लो अदालतका न्यायाधीशहरूमा समेत भागवण्डा गरी नियुक्त गर्ने गलत परम्पराका घिनलाग्दा नजिर सिर्जना गरिए । जसले मुलुकमा राजनीति इतर देशभक्तिका भावनाले सीप, क्षमता र बुद्धिमा विश्वास राख्ने मानिसलाई यो प्रणालीप्रति नै वितृष्णा जगायो । सेना र प्रहरीका उपल्लो तहमा भएका एकादुई बढुवाबाहेक ‘ठालु पार्टीहरूले’ उपर्युक्त पदहरू कि भागवण्डा शैलीमा खाए, कि मोटो रकममा बिक्री गरे । यस्ता परिघटनाबारे जनता जानकार छन् ।

व्यक्तिका विविध ट्यालेन्सीलाई जहिल्यै नजरअन्दाज गरिरहियो । त्यसैले आधिकाधिक स्वाभिमानीहरू देशैबाट पलायन भए । असीम योग्यतालाई कदर गर्दै देश बनाउने ‘भिजन, मिसन र गोल’ भएका र आदर्श जीवनशैलीका मानिसलाई उपल्लो स्थानमा नियुक्ति दिनुभन्दा पनि कार्यकर्ता, भरौटे र एस्म्यानले हाम्रो ब्युरोकेसीलाई सतत् प्यारालाइसिस् नै बनाए ।

‘राइट म्यान्, राइट प्लेस, राइट टाइम’ भन्ने मानक सिद्धान्तको मध्यनजर गर्दै बितेका तीन दशकमा दुई–चारवटा नियुक्ति मात्र भएछन्, जसलाई गौरवसाथ औंलामा गनिन्छ । यतिखेर दुई तिहाइ अभिमतको सरकार छ तर उसको ‘स्पिड’ रुमल्लिएको छ । पार्टी अन्तर्विरोधका कारण सरकारले जनताका झीना अपेक्षाहरू पनि पूरा गर्न सकेन । जनताले मतपरिणाम आउनासाथ शासन विगत्जस्तो अस्थिर हुनेछैन, स्थिरताको आभास दिलाउन सरकारले पाएको अभिमत काफी छ भन्ने सपना सँगाले । वर्षौंदेखि जमलकाँठ भएको यातायात सिन्डिकेट तोडिन्छ भन्ने चाह राखे, भएन । सुन तस्करीमा ‘दूधको दूध पानीको पानी’ हुन्छ भन्ने सोचे, त्यहाँ पनि साना माछा मात्र समातिए । जब ‘ठूला माछा’ जाल पर्ने दिन आए, तब जालै काटियो । वाइड बडी जहाज खरिदमा होनहार मन्त्री चिप्लिए ।

आयल निगम र वायुसेवा डुबाएको ‘जोदाहा’ दूर सञ्चार प्राधिकरणमा पुरस्कृत भए । नातावादमा राजदूत पद आफन्तलाई दक्षिणा दिइयो । ३६ थरी करको कहरले जनता आजित भए तर विचार गरिएन । प्रदेशका ऐन समयमा नबनाइदिनाले तिनलाई अपाङ्ग बनाइयो । भूकम्पपीडितका गुनासाहरू अझै दारूणरूपमा सुनिन्छन् । सत्तासीन उपल्लो तहका नेताबीच अनेक इस्सुमा गाँड कोराकोर भैरहेको छ । प्रतिपक्ष ‘शतरञ्जको प्यादा’ बनेकैले अस्थिरता सर्वत्र डुक्रिरहेको छ ।

प्रम केपी ओली भनिरहेछन्– ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न ।’ सुन्दा यो भनाइ कर्णप्रिय लाग्छ तर उनकै मन्त्रीहरूले गरेका काम नियाल्दा जनता ‘रत्नपार्कका मुकुन्दवाणी’ सम्झन्छन् । सडकका खाल्डा पुर्न प्रधानमन्त्रीले दुई–दुईचोटि निर्देशन दिइसके । सडक विभाग र महानगरपालिका छ । कर्मचारीले नटेरेर काम नभएको हो कि ? हाम्रो सिस्टम नै फेल भइसक्या हो ?

बल्खुमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मेलम्ची खानेपानी आयोजनाले खनेको मंगालको ढकन नढाकिदिनाले डुबेर मृत्यु भयो । उदेक त के भने जब उनी ढलमा निसास्सिएर मरे, भोलिपल्टै आयोजनाले ढक्कन बन्द ग¥यो । ‘घर खरानी भएपछि आगो निभाउन दमकल पठाउने’ संस्कारले समृद्धिको यात्रामा हामीलाई कहाँ पु¥याउँछ ? सडक सुरक्षित छैनन् भन्ने प्रमाण हो यो । सरकार कछुवा–गतिमा र जनचाहना खरायो दौडजस्तो देखियो । नीति–निर्माण र सरकारमा बस्नेहरूको अन्तरात्माले स–साना समस्यालाई देख्ने परिपाटीको आरम्भ कहिले हुने हो ? सचेत नागरिकहरू प्रश्न गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्