जी २० शिखर सम्मेलन: पुटिन र सलमानको हाइफाई चर्चामा



ब्युनस आयर्स (एजेन्सी)
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा शुक्रबारदेखि सुरु भएको जी २० देशका नेताहरुको बार्षिक शिखर सम्मेलन १० बर्षको इतिहासमा अहिलेसम्मकै सबैभन्दा गहिरो मतभेदले ब्याप्त मानिएको छ ।

अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले ब्यापार र जलवायु परिवर्तनको मुद्दामा उक्त समुहमा भएका विगतका आम सहमतिलाई नोक्सान पुर्याएकोमा आलोचनाको सामना गर्नु परेकोछ । त्यसैगरी युक्रेनको मुद्दामा रुसी राट्रपति भ्लादिमिर पुटिनले र पत्रकार हत्याकाण्डलाई लिएर साउदी युवराज मोहम्मद सलमानले आलोचनाको सामना गर्नु पर्नेछ ।

उक्त शिखर बैठक क्रममामा शुक्रबार अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र अमेरिका छिमेकी मेक्सिको र क्यानाडाबीच एक महत्वपुर्ण क्षेत्रिय ब्यापार सम्झौता पनि भएको छ ।

अमेरिकी राट्रपति ट्रम्पले आफुले चिनियाँ राट्रपतिसँगको रात्री भोजमा वार्ता हुन सकने र अमेरिका¬ चीन ब्यापार युद्ध सल्टाउने सम्बन्धमा उक्त वार्तामा सहमति बन्न सक्ने सम्भावना ब्यक्त गरेका छन् ।

उनले भने – यदि हमाी कुनै प्रकारको सम्झौतामा पुग्न पाए राम्रो हुनेछ, किनभने मलाई लाग्छ कि हामी यो चाहन्छौं । यो विषयमा राम्रो संकेत पाइरहेका छन् ।

युक्रेन संकटले रुस अप्ठ्यारोमा

विरोध र मतभेद
जी २० सम्मेलनको पहिलो दिन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको सडकमा ब्यापक विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले जी २० सम्मेलनमा आएका नेता विश्वको पुरै अर्थब्यवस्था आफनो हातमा राख्न चाहेको बताएका छन् । केही अन्य प्रदर्शनकारीले उक्त सम्मेलनलाई सम्पतीको सक्ती प्रदर्शन भएको बताए ।


जी २० मा १९ सबैभन्दा ठुलो औद्योगिक देशहरुको समुह हो, जसमा युरोपेली संघ पनि समावेश छ । विश्व अर्थब्यवस्थाको ८५ प्रतिशत हिस्सा जी २० समुह देशसँग छ । विश्वको दुई तिहाई आवादी जी २० सदस्य देशमा छन् ।
सम्मेलनको आयोजना गरिहेकी अर्जेन्टिनाकी राट्रपति मोरसिया म्याक्रीले सदस्य देशबीच संवाद र सहमतिमा जोड दिए तर समुहका सदस्यहरुमा गहिरो मतभेद छिट्टै अगाडी आउने अनुमान गरिएको छ ।

अमेरिकी राट्रपति ट्रम्पले युक्रेन घटनालाई लिएर ‘ जे भएको छ, हामी त्यसमा खुसी छैनौ र मामिला चाँदै सल्टिने अपेक्षा गरेको छु‘ प्रतिक्रिया दिए ।
रुसले युक्रेनमा तीन जहाज र त्यसका चालक दलका सदस्य कब्जामा लिएको घटनालाई लिएर ट्रम्पले सम्मेलनमा रुसी राट्रपति पुटिनसँगको भेटवार्ता रद्द गरेका थिए ।

अभिवादन हाईफाई शैलीमा
जी २० देशका सम्मेलनमा साउदी युवराज मोहम्मद बिन सलमान र रुसी राट्रपति पुटिनले हाईफाई शैली हात मिलाएको घटना चर्चाको विषय बनेको छ । पुटिनले सलमानलाई आफना पुरानो मित्रलाई जस्तो ब्यवहार गरेको देखिएको थियो ।

ती दुबै नेता विश्वको अगाडी उठेका आर्थिक चुनौतीका मुद्दामा शुक्रबार भएको बैठकमा भाग लिन अर्जेन्टिना पुगेका हुन् । उनीहरुबीच हात मिलाएको शैलीले साउदी पत्रकार जमाल खसोगीको हत्यापछि केही देशले उमाथि प्रतिबन्ध लगाएको भएपनि केही देशको समर्थन रहेको देखाएको सन्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि सलमान अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उनकी छोरी इवान्कासँग कुरा गरिरहेको र फ्रान्सका राट्रपति म्याक्रोंसँग हात मिलाउँदै गरेको देखिएका थिए । सलमानको यस सम्मेलनमा सहभागितालाई उनको अन्तराष्टिय मन्चमा फिर्ताका रुपमा हेरिएको छ । साउदी पत्रकार जमाल खसोगीको इस्तानबुल स्थित वाणिज्य दुतावासमा हत्या भएको काण्डलाई लिएर साउदी अरबियाले ब्यापक आलोचनाको सामना गर्नु परिरहेको छ ।

फ्रान्सेली राट्रपति म्याक्रों र बेलायती प्रधानमन्त्री टेरिजा मेले युवराजसँगको भेटमा पत्रकार खसोगीको हत्याको मुद्दा उठाउने बताएका थिए । मेले सम्मेलनको प्रयोग युरोपेली संघबाट बेलायत अलग भएपछिको विश्व मुद्दामा बेलायतको दृष्टिकोण प्रस्तुत गर्ने बताएकी थिइन् । त्यसैगरी युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले युक्रेन संकटलाई लिएर जी २० मा अर्को महिना रुसमाथि प्रतिबन्ध लगाउने विषयमा सुनिश्चित गर्ने बताएका थिए ।


जी २० सम्मेलनमा सउदी युवराजले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेका थिए । मोदीले शुक्रबार चीनका राट्रपति सी जिनपिंग र रुसी राट्रपति पुटिनसँग त्रिपक्षिय छलफल गरेका थिए । १२ बर्षपछिको यो दोस्रो त्रिपक्षिय वार्ता भएको बताइएको छ । यसअघि मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबे र ट्रम्पसँग पनि संक्षिप्त त्रिपक्षिय वार्ता गरेका थिए ।

उत्तरकोरियाली नेतासँग भेट्ने ट्रम्पको चाहना
यसैबिच अमेरिकी राट्रपति ट्रम्पले दक्षिण कोरियालाका राष्ट्रपति मुन जेइ इनसँगको भेटवार्तामा उत्तर कोरियाका नेतासँग एक पटक फेरी बैठक गर्न चाहेको बताएको ह्वाइट हाउसले जनाएकोछ ।

ट्रम्पका प्रवक्ता सारा सेन्डर्सले भने – अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा जी २० शिखर सम्मेलन बाहिर एक बैठकमा दुई नेताले उत्तर कोरियाको पुर्ण परमाणु निसस्त्रीकरणमा आफनो प्रतिबद्धता दोहोर्याए ।

दुबै नेताले उत्तर कोरियालाई निसस्त्रीकरण एक मात्र मार्ग भएको महसुस गराउन उमाथिको विद्यमान प्रतिबन्धलाई पनि कडा रुपमा लागु गर्न पनि सहमति ब्यक्त गरेको उनले बताए । यद्यपी ट्रम्पले उ जुनमा सिंगापुर मा भएको वार्ता अगाडी बढाउने पक्षधरमा हो, भन्ने विषयमा प्रष्ट पारेको छैन ।

प्रतिक्रिया दिनुहोस्