अलास्कामा शक्तिशाली भुकम्प



एन्करेज (एजेन्सी)
अमेरिकाको अलास्का राज्यको एन्करेज इलाकामा शुक्रबार शक्तिशाली भुकम्प आएको जनाएको छ । भुकम्पले सडक तथा भवनहरुलाई क्षति पुर्याएको बताइएको छ ।

७ म्याग्निच्युडको शक्तिशाली भुकम्पनपछि आएको ५ दशमलव ७ म्याग्निच्युडको भुकम्पले त्यहाँका बासिन्दामा त्रास फैलिएको र उनीहरु घरबाट बाहिर भागेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भुकम्पको तिब्रतालाई ध्यान राख्दै दक्षिण स्थित टापु तथा तटिय क्षेत्रहरुमा केही समयका लागि सुनामीको चेतावनी जारी गरिएको थियो । तर सुनामी भने नआएकोले त्यसलाई फिर्ता लिइएको थियो । भुकम्पका कारण तत्काल कोही पनि हताहत भएको समाचार प्राप्त भएको छैन ।

अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको पहिलो धक्का एन्करेजबाट १२ किलोमिटर उत्तरमा महसुस गरिएको जानकारी दिए । एन्करेज अलास्काको सबैभन्दा ठुलो सहर हो र यहाँको कुल आवादी ३ लाख छ । उक्त भुकम्प आएको केही मिनेट पछि नै ५ दशमलव ७ म्याग्निच्युडको र अन्य ससाना कयौं पराकम्पनको महसुस गरिएको थियो ।

भुकम्पछि कयौं घण्टाका लागि उडान सेवा रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्