शारदा र राठी ग्रुपको लगानीमा प्रिमियर ब्रान्डका छड उत्पादन



काठमाडौं, (नेस)
प्रोडक्ट लन्च तथा अवलोकन कार्यक्रममार्फत् प्रिमियर स्टिल प्रालिले आफँ उत्पादन गरेका उत्पादनहरुको जानकारी दिनुका साथै बिक्रेताहरुलाई फ्याक्टी अवलोकनसमेत गराएको छ । उक्त कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहलगायतको उपस्थिति रहेको थियो ।

शारडा ग्रुरुपका अध्यक्ष शिवरतन शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० टनका दरले उत्पादन गर्न सक्ने उद्योगको स्थापना गरिएको जानकारी दिनुभयो । अध्यक्ष शारडाका अनुसार २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गरिने छ ।

उद्योगका निर्देशक अनुपम राठी, उद्योगका प्राविधिक निर्देशक अभिजित सिंहले उद्योगले छडको गुणस्तरका बारेमा प्रकाश पार्नुभएको थियो । उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्नेछ । डन्डीको मुख्य बजार तत्काल प्रदेश १ र २ रहेको बताइएको छ ।

शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको प्रिमियर स्टिल प्रालिले ८ एमएमदेखि ३२ एमएमसम्मका छड उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्