एनआईसी एसिया बैंकको कार्डमा क्यास ब्याक योजना



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले नेपालभित्र भिसाको सहकार्यमा पीओएस मेसिनमा बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ ।

यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागँ हुनेछ । यस अवधिमा एनआईसी एसिया बैंकको भिस डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाइने छ ।

प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढीमा सय रुपियाँ क्यास ब्याक, दोस्रो कारोबारमा कारोबार रकमको चार प्रतिशत वा बढीमा दुई सय रुपियाँ, तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढीमा ३ सय रुपियाँ, चौंथो कारोबारमा कारोबार रकमको ८ प्रतिशत वा बढीमा ४ सय रुपियाँ,पाँचौ कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढीमा ५ सय रुपियाँ, एक महिनामाप्रति कारोबारको आधारमा महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्रै क्यास ब्याक हुने बैंकले जनाएको छ ।

यस योजनाबाट बैंकको ४ लाख ५० हजारभन्दा बढी भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्