नेक्सस कपको उपाधी बिरगंजले जित्यो



dav

काठमाडौँ ।
मिलानो नेक्सस कप यु १६ टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरलाइ २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले उपाधी हात पारेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाएको थियो ।

टोलीका मोहमद समिरले ३९ बल खेल्दै २ छक्का र ५ चौकासहित ५२ रन बनाए । इमरान शेखले २० र सर्फराज मन्सुरी ले १८ रन बनाएका थिए ।

बलिङ तर्फ महेन्द्रनगरका सुबोध ऐरले ३ ओभर बलिङ गर्दै ८ रन खर्चैर ३ विकेट लिन सफल भएका थिए भने राहुल भण्डारी ले २ विकेट लिएका थिए ।

१ सय ३८ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको नेक्सस कप को पहिलो संस्करणको बिजेता टिम महेन्द्रनगरले १९.२ ओभर खेल्दै १० वीकेटको क्षेती ब्यहोरी १ सय ११ रन जोड्यो । टोलीले दोस्रो संस्करण को उप बिजेता मै चित्त बुझाउनु परेको छ । महेन्द्रनगरका ब्याट्स म्यान प्रबिन भट्टले ३१, प्रेम धामी १८ र आकाश चन्दले २३ रन बनाएका थिए ।

निखिल सिहले ३.२ ओभर बलिङ गर्दै ३२ रन को क्षेतीमा ४ विकेट लिन सफल भएका थिए । ब्यास यादबले २ बिकेट लिएका थिए, । फाईनल खेलका म्यान अफ दि म्याच मोहमद समिर भएका थिए ।

म्यान अफ दि सिरिज महेन्द्रनगरका सुबोध ऐर भए भने बेष्ट ब्याट्स म्यान चितबनका प्रशान्त महत र बेष्ट बलर महेन्द्रनगरका पारश छेत्री घोषित भएका छन । इमर्जिङ प्लेयरको उपाधी नेक्सस बी का १० बर्षे सोहेल कुवँर लाई प्रदान गरिएको थियो । उनि हरुलाई ट्रफी र सर्टिफिकेट प्रदान गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि निर्वाचित क्यान का उपाध्यक्ष दिवाकर घले ले बिजेता टिम लाइ रु १ लाख ११ हजार १ सय ११ को सामाग्री सहित नगद र उप बिजेता लाई ६१ हजार १ सय ११को सामाग्री सहित नगद प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्