लुटपाटमा प्रहरीकै संलग्नता



नेपाल समाचारपत्र, ललितपुर
नक्कली सुन देखाएर लुटपाट गर्ने समूहमा दुई जना प्रहरीको संलग्नता रहेको खुलासा भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले अहिलेसम्म एक प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत मोहनबहादुर बम, गोपाल विश्वकर्मा, संजयकुमार तिरुवा, शिवु कुमाल रहेका छन्। परिसर ललितपुरमा कार्यरत शालीकराम नेपाली फरार रहेका छन् । उनी सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’मा खटिएका थिए ।

सो समूहले गत मंगलबार बैंकबाट लिएको बील सहितको सुन छ भन्दै मैतीदेवीस्थित बुद्ध ज्वेलरीका सञ्चालक बुद्ध विश्वकर्मालाई बसन्तनगर स्थित सूर्यविनायक गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा बोलाएको थियो । ती समूहले एक केजी सुन रहेको र ५७ हजार ७ सय प्रति तोलामा किन्ने सहमति गरे । सहमतिअनुसार ज्वेलरीमा कार्यरत कामदारहरु ४९ लाख ४९ हजार लिएर गेष्टहाउस पुगेका थिए ।

होटलको कोठामा पुगेपछि ज्वेलरीका कामदारहरुले ल्याएको रकम गन्न लगाएका थिए ।करिव ४१ र ४२ लाख नगद गनिसक्दा दिनेश दर्नाल सुन लिएर आउछु भन्दै बाहिरिएका थिए । दर्नालले बाहिरिने क्रममा ढोकाको चुकुल लगाई अर्को कोठामा लुटपाट गर्न बसेका प्रहरी हवल्दार सहित पा“च जना साथीहरुलाई ‘मान्छे आईसक्यो, के हेरर बसेका’ भन्दै लुटपाट गर्न भनेको थियो । लगतै प्रहरी पोसाकमा बाहिरबाट सिभिल ज्याकेट लगाएका सालिकराम नेपाली र मोहनबहादुर बमको समूहले कोठामा पुगेछ । तिनिहरुले कुटपिट गर्दै सबैलाई भगाएको थियो। शालिक राम नेपालीसहित गाडी तथा मोटरसाईकलमा रहेका अन्य दुई जनाले पीडित पक्षलाई लेखेट्दै पैसा लुटपाट गरेर भागेका थिए ।

ओपीराम सुनारले पैसाको झालो लिएर भोगेको पीडितको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

पीडितले सिरकले छोपेको राखेको ६ लाख भने नेपाली र बमले लिए छन् । उनीहरुले ३ र ३ लाखका दरले बा“डेका थिए । गत मंगलबार राति १० बजे शिबु कुमाल आफ्नो घर दाङ जान भनी वल्खुस्थित रोेयल गेष्ट हाउस अगाडिको बाटोमा रहेको बेला नियन्त्रणमा लिइएको परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले जानकारी दिनुभयो । उनीहरुबाट सुन जस्तो देखिने वस्तु, नगद ३७ लाख ६५ हजार रुपैया“ नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

‘ फरार रहेका समूहका सबैलाई पक्राउ गरेर कानून प्रक्रिया अघि बढाउने छु । ’ उहा“ले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्