बिल गेट्सका बारेमा नखुलेका केहि कुराहरु



यस्तो कार चढ्छन बिल गेट्स

संसारको सबैभन्दा धनि व्यक्ति बिल गेट्स लग्जरी कार का सौखिन छन् । उनि पोर्शे कम्पनिको कारहरु धेरै मन पराउँछन् । लिमोजिन कार उनका महंगा कारहरु मध्यको एक हो । बिल गेट्सको पोर्शे ८५९ मोडलको कार संसारको सबै भन्दा छिटो कुद्ने कारहरुमध्यको एक हो । उनको ग्यारेजमा पोर्शेकै ९११ करेरा र ९३० मोडल तैनाथ छन् ।

बिल गेट्सका बारेमा केहि नखुलेका कुराहरु

१) बिल गेट्स संसारका सबै भन्दा धनी व्यक्ति हुन् । उनको पुरा नाम विलियम हेनरी गेट्स तृतीय हो ।

२) उनले १७ बर्सको उमेरमा पहिलो कम्प्युटर सफ्टवेयर बनाएर बेचेका थिए जुन स्कुलको टाइम टेबल सिस्टम थियो ।

३) बिल्गेट्स कलेज ड्रपआउट हुन् । बिलले १७ वर्षको उमेरमा आफ्नो पहिलो कम्प्यूटर प्रोग्राम बेचेका थिए । यो स्कुलको लागि टाइम टेबलको एक सिस्टम थियो ।

४) बिश्वबिद्यालयको सुरुवातका दिन हरुमा आफ्नो लक्ष्यको बारेमा सोध्दा ‘म ३० बर्षको उमेर भित्र करोडपति बन्न चाहन्छु’भनेका थिए भने ३१ बर्षको उमेरमा करोडपति बने ।

५) सन् १९८६ मा उनको कम्पनि शेयर मार्केटमा प्रवेश गर्यो र बिल धनाढ्यको सुचिमा परे । सन् १९९२ मा उनि अमेरिकाको र १९९५ मा विश्वको सबैभन्दा धनि व्यक्ति घोषणा भएका थिए ।

६) बिलले एक पटक जेल सजाय भोग्नु पर्यो । उनि सन् १९९७मा न्यु मेक्सिकोको रेडलाइट क्रस गरेको र बिना लाइसेन्स कार चलाएको आरोपमा पक्राउ परेका थिए ।

७) बिल गेट्सले आफ्नो गर्ल फ्रेन्ड मेलिंडा फ्रेंच संग धेरै पटक डेट गरि सन् १९९४ जनवरी १ मा विवाह गरे र उनका ३ वटा बच्चा छन् ।

८) उनको घर वाशिंगटन तालको किनार क्षेत्रमा ६६ हजार स्क्वायर फिटमा फैलिएको छ ्र यो घर आफ्नो डिजाइन र टेक्निक प्रयोग गर्नमा उपयोग हुन्छ ।

९) बिल गेट्सले पुरै अमेरिकाको ऋण १० बर्षमा तिर्न सक्ने क्षमता राख्छन । उनि दैनिक ३२ मिलियन डलर कमाउछन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्