१३ बर्षिया बालिकाको बलात्कारीलाई खुलाउन चाहदैन् ओली सरकार: नेतृ रमिता देउवा



ललित सिहं, बझाङ ।
१३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या गर्ने हत्यारालाई यो बर्तमान ओली सरकारले कारवार्हि गर्नको साटोउल्टै लुकार्य रहेको नेपाली काँग्रेसकी नेतृ एवम् नेपनल महिला संघ केन्द्रिय सदस्य रमिता देउवाले बताउनु भएको छ ।

उहाँले भन्नुभयो बर्तमान सरकार दिन प्रतिदिन अधिनायकवाद तर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ । नेपाल महिला संघ बझाङले सदरमुकाम चैनपुरमा मंगलबार गरेको कार्यकता भेटघाट कार्यक्रम्मा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

नेकपाको सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यापालिकामा विस्तारै आक्रमण गरिरहेको बताउदै उहाँले सरकारले नौ महिनाको अवधिमासिन्को पनि भाँच्न नसकेको बताउनु भयो ।

कन्चनपुर जिल्ला देखि नेपाल महिला संघको केन्द्रिय सदस्य रहनु भएकि देउवा प्रदेस नं. ७ का नौ वटै जिल्लामा निर्मला पन्तको बलात्कार पछि हत्या र ओली सरकारले दुई तिहाई घमण्ड देखाएर जनतालाई सास्ती दिने कार्यहरुको बारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै नौ वटै जिल्लामा अभियान जारी गरेकी हुन् ।

निमर्ला हत्याकाण्ड, ३३ केजीको सुन काण्ड, न्यायाधिस काण्ड, पप्पु कन्सर्टक्सनको काण्ड र मुल्य बृद्धिको स्मरण गर्दै उहाँले बर्तमान सरकार अपराधिको बचाउ गरिरहेको र देशमा भ्रष्टाचारको खेती गरिरहेको आरोप समेत लगाउनु भयो । बर्तमान सरकारले मन्त्री र आफ्ना नजिकका पार्टी कार्यकर्ताहरुलाई पैसा बाडेर देशको ढुकुटी रित्यायर समृद्ध नेपालको सपना देखिरहेकोले यो भन्द ाबढि हास्यास्पद कुरा अर्को नभएको बताउनु भयो ।

अहिले देशमाहुने गरेका साना साना घटना क्रमलाई नेपाली काँग्रेसले राजनैतिक मुद्धा बनाउदै गएको छ के नेपाली काँग्रेस मुद्धाविहिन भएको हो भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफदिदै उहाँले नेपाली काँग्रेस सधै जनताको एजेन्डामा सहयोगी भुमिका खेलेकोले समर्थनमात्र गरेको बताउनु भयो ।

नेपाली काँग्रेस लोकतान्त्रीकपार्टी भएकाले लोकतन्त्र र संविधान कार्यान्वयनका लागी जनता संग सहयोगी भएर लडाई लड्न तयार रहेको छ । उहाँले भन्नु भयो जनताले काँग्रेसलाई प्रमुख प्रतिपक्षको भुमिकाको जिम्मा दिएकाले जिम्मेवारी वहन गर्नु हाम्रो कर्तव्य हो ।
कन्चनपुरकि निर्मला पन्त बलत्कार पछि हत्या काण्डमा सिंगो राष्ट्र र जनता एकातिर भएका बेला सरकारको लाचारिपनले गर्दा हत्यारा पत्ता लाग्न नसकेको हो । सरकार जनताहरुको आवाजनसुनेर विचौलिया र अपराधिहरुको मालिसमा मस्त निन्द्राको सपनाको जहाजमा चढिरहेको छ । निर्मला पन्तको हत्या काण्डले सरकारले प्राप्त गरेको जनताको दुई तिहाईको अभिमतलाई गिज्याईरहेको छ ।

निर्मला पन्तको हत्या प्रकरणको बारेमा गृहमन्त्रीको अभिव्यक्तिलाई स्मरण गर्दै उहाँले बर्तमान गृहमन्त्री नैतिकता नभएर सिंहदरबारको कुर्सीमा टासियर बसेको बताउनु भयो ।

हत्या प्रकरणको आन्दोलनमा गृहमन्त्रीले हत्यारालाई पक्राउ गरि कारवाहि गर्न नसके आफु राजिनामा दिने उदरघोषक गरेको स्मरण गराउदै उहाँले गृहमन्त्रीले नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने हो तर उहाँले दिन सक्नु भएन । सरकार अपराधिको संरक्षण गरेर समृद्ध नेपाल र सुखी नेपालीको सपना देखि रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्