बिडीसिए कप क्रिकेट मङ्सिर १५ देखि



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा यही मङ्सिर १५ गते शनिवारदेखि बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १८ औं संस्करण हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा १६ टोली सहभागी हुने भएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार , द्वितीय पुरस्काबिडीसिए कप क्रिकेट मङ्सिर १५ देखि र २० हजार रहेको आयोजक बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सीरिज , बेस्ट ब्याट्सम्यान र बेष्ट बलरलाई पनि पुरस्कार रहेको उहाँले बताउनुभयो । बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बताईएको छ ।

प्रतियोगिताका खेलहरु देहिमाण्डौंस्थित निंगलाशैनी खेल मैदान र बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने जनाईएको छ । बैतडी जिल्ला क्रिकेट संघले वि स २०५८ सालदेखि निरन्तर रुपमा बिडीसिए कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

उक्त प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुनुका साथै खेलाडीको क्षमता अभिवृद्धि हुने विश्वास गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्