लक्स कामना फिल्म अवार्डस् २०७५: के भन्छन् मनोनयनमा परेकाहरू?



विधा: सर्वोत्कृष्ट गीतकार
अवार्डको दावेदार छु  अर्जुन पोखरेल
गीत ः तिमी रोएको पल÷ऐश्वर्य
सबै गीतको आआफ्नै विशेषता छ। क्लासिकल गीतहरु कल्चरल बेसका हुन्छन्। नोमिनेसनमा सबै किसिमका गीत छन्। लोकप्रियता र कम्पोजिसनको हिसाबले तिमी रोएको पलले नै जित्छ भन्ने होेप छ। यही गीतको शब्दबाट पनि नोमिनेसनमा भएको हँ‘दा शब्दमा पनि होप छ। तिमी रोएको पल गीतले जुन भनाइ व्यक्त गर्छ, यस्तो लाइनिङ पहिले आएको थिएन। शब्द संयोजन हेर्ने हो भने अवार्डको दाबेदार छु। तर यो मेरो पर्सनल विचार हो। बाँकी जुरीकै हातमा छ।

मुडमा भर पर्छ ः धिरेन्द्र प्रेमर्षि
गीत ः सम्झनाको सारंगी÷संरक्षण गीत भनेको सिर्जनाको कुरा हो। जुन गीतले पनि अवार्ड जित्न सक्छ। कुन गीत कसले कस्तो मुडमा सुनेको छ भन्ने कुरामा भर पर्छ। कस्तो मुडमा गीत सुन्दा छुन्छ भन्ने कुरामा भर पर्छ। मेरो गीत कामना फिल्म अवार्डको नोमिनेसनसम्म पुगेको छ। तर मलाई कृष्णहरि बरालको गीत लेखनशैली मन पर्छ। उहाँका गीत साहित्यसँग आधारित हुन्छन्, म उहाँको प्रशंसक र मैथली पृष्ठभँमिको हँ‘। मैथिली भाषालाई गीतको भाषा पनि भनिन्छ। त्यहाँको जीवनशैली संगीतमय हुन्छ। मेरो गीत लेखन पनि मैथिलीशैलीबाट प्रभावित छ। मेरो गीतको शब्दबाट दृश्य प्रस्ट हुने खालका हुन्छन्, एक किसिमको छाप छोड्छन्।

जसले जिते पनि ठीक छ ः
डा. कृष्णहरि बराल
गीत ः ए मेरो हजुर÷ए मेरो हजुर २

ठ्याक्कै भन्न गाह्रो छ। वर्षभरिका फिल्ममा समावेश त्यति धेरै गीतबाट टप फाइभमा आउनुभनेको एक किसिमको अवार्ड पाएसरह नै हो। त्यस कारण अवार्ड जसले पाए पनि ठीकै हुन्छ। यति बेलाका लागि ५ ओटै गीत बराबर हो, जसले अवार्ड जिते पनि ठिक छ।
भन्न मिल्दैन ः कालीप्रसाद बास्कोटा
गीत अजम्बरी÷ग्याङस्टर ब्लुज (सबिन एकतारेको साथमा)

गीत ः ओडौंला पिरतीको÷शत्रुगते (गायन)
सबै गीतको शब्द राम्रो छ। शब्दको आआफ्नै विशेषता छन्। अवार्ड कसले जित्छ भन्न मिल्दैन। म गायनमा पनि रहेछु। मैले कुनै पनि गीतलाई क्रिटिकल्ली हेरेको छैन। सबै गीतलाई एउटै एंगलले हेर्नै मिल्दैन। त्यस कारण बेस्ट प्लेब्याक मेल सिंगरको अवार्ड जसले पनि जित्न सक्नुहुन्छ। नोमिनेसनमा जो जो हुनुहुन्छ, सबैलाई बधाई।
तिमी रोएको पलको सम्भवाना छ ः

मुक्त उदास
गीत ः तिमी नि आधा÷पिँजडा ब्याक अगेन

कस्तो गाह्रो प्रश्न? अवार्ड जसले जिते पनि राम्रो शब्दले जितोस्। सबै राम्रो गीतहरु छन्। नोमिनेसनमा पर्ने सबै गीत राम्रा छन्। यी मध्येबाट तिमी रोएको पल निकै राम्रो र मन पराइएको गीत भएकाले यो गीतको सम्भावना बढी छ।

विधा ः सर्वोत्कृष्ट संगीतकार

राम्रोले पाउँछ ः वसन्त सापकोटा
गीत ः मलाई आँखामा÷ए मेरो हजुर २
अवार्ड जसले पाए पनि राम्रो मान्छेले पाउँछ। नोमिनेसनमा परेका सबैको काम राम्रो छ। १९÷२० मात्र होला। स्रोताले मन पराएको र चर्चाको हिसाबले रामो मानिएको गीत जसले डीजर्भ गर्छ, उसैले अवार्ड पाउँछ।
जुनले पनि जित्न सक्छ ः हरि लम्साल

गीत ः उड्यो मन÷ब्लाइन्ड रक्स
अवार्ड कुन हिसाबले दिने भन्नेमा भर पर्छ। चर्चाको हिसाबमा अवार्ड दिने हो भने त्यसमा मेरो गीत पर्दैन। तर काम र एउटा कम्पोजको हिसाबले हेर्ने हो भने यो गीतको सम्भावना छ। नोमिनेसनमा पर्ने सबै गीत उत्तिकै कर्णप्रिय छन्। म जुरी भएको भए यही गीतले जित्छ भन्थें। अवार्ड जुनले पनि जित्न सक्छ।
सबै एकसय एक छन् ः
राजनराज शिवाकोटी

गीत ः कुटुमा कुटु÷दुई रुपियाँ
अवार्ड कसले जित्छ भन्ने कुरा गेस नै गर्न चाहन्नँ। सबैको एकसय एक गीत छन्। जुरीले जसलाई अवार्ड दिए पनि नेपाली गीत संगीतकै सम्मान हुने हो, त्यसमा म खुसी नै हुन्छु।
आपैmले जिते हुने ः दीपक शर्मा
गीत ः पर्ख पर्ख÷मंगलम
मेरो भित्री चाहनाचाहिँ अवार्ड नै जितौं भन्ने छ। टप फाइभमा भएपछि अवार्डको २० प्रतिशत हिस्सा त म पनि हो। अवार्ड जित्ने मेरो पनि अधिकार भएकाले भित्री मनले आफैले अवार्ड जिते हुने जस्तो लाग्छ। तर अन्य ४ जनाको गीत पनि मेरो भन्दा कमजोर छैन। सबै एक सय एक छन्।

विधा ः सर्वोत्कृष्ट कथा

सबै बेस्ट ः यम थापा
फिल्म ः ब्लाइन्ड रक्स
नोमिनेसनमा पर्ने सबै फिल्मको कथा राम्रो छ। टप फाइभमा परेकामध्ये एकजना बेस्टले अवार्ड जित्ने हो। मेरो लागि सबै जना बेस्ट हो।

जुरीको सम्मान गर्नुपर्छ ः प्रदीप भारद्वाज
फिल्म ः झ्यानाकुटी (कथा)
लिली बिली (पटकथा)
सबै फिल्मको कथा राम्रो छ। फिल्म भनेको स्क्रिन प्लेले बन्ने हो। जुरीको टिम र एक जनाको विचार मिल्दैन। त्यस कारण ठ्याक्कै यही फिल्मले जित्छ भन्ने छैन। हामीले भन्दा पनि उहाँहरुको डिसिजन बेटर हुन्छ। पछि एउटा फिल्मले जित्दा अर्को फिल्मले जित्नुपथ्र्यो भन्ने गुनासो हुँदैन। हामीले जुरीको निर्णयलाई सम्मान गर्न‘पर्छ। म स्क्रिन प्लेमा पनि परेको छु। झ्यानाकुटीको सिक्रन प्ले बलियो भएकाले अवार्ड यसैले लानुपर्ने हो। तर नोमिनेसनमा परेको छैन। बरु लिली बिलीबाट चाहिँ नोमिनेसनमा परेको छ। त्यस कारण हाम्रो र जजको दृष्टिकोण एउटै रहँदैन।

राम्रो भएकैले ओस्कारमा छानिएको होला ः
शिवम अधिकारी
फिल्म ः पञ्चायत (कथा र संवाद)
पञ्चायतको कथा र संवाद दुवै राम्रो भएकै कारण ओस्कारका लागि छानिएको होला। तर नेपालमा चलिरहेका अवार्डमा सबै फिल्मलाई समावेश गरेर एउटा एउटा अवार्ड दिने चलन छ। ओस्कारमा एउटै फिल्मलाई २२ ओटा अवार्ड दिइन्छ भने नेपालमा किन दिइँदैन? एउटै फिल्मको धेरै पक्ष राम्रा भए पनि अवार्ड भने दिइँदैन, सबैको चित्त बुझाउनका लागि अवार्ड भाग लगाइन्छ। मैले फिल्म बनाउन नजानेको हो कि जुरीले हेर्न नजानेको हो थाहा छैन। भुइँमान्छे र मंगलमको कथा पनि राम्रो लागेको छ।

विधा ः सर्वोत्कृष्ट संवाद
भन्न सक्दिनँ ः हरिवंश आचार्य
फिल्म ः शत्रु गते (प्रदीप भट्टराईका साथ)
मैले यो अवार्ड नपाए पनि ठीक छ। मैले सबैको फिल्म नहेरेको कारण कसले जित्छ भन्न सक्दिनँ।

प्रतिक्रिया दिनुहोस्