कर्मचारी पक्राउ



पेरिस,(एजेन्सी)
फ्रेन्च सिनेटका एकजना वरिष्ठ अधिकारीलाई उत्तर कोरियाका लागि जासुसी गरेको आशंकामा प्रहरीले गिरफतार गरेको न्यायिक सुत्रले मंगलवार जनाएको छ । बेनाइट क्वेन्नेडीलाई दिेशी शक्तिका लागि सुचना संकलन र उपलब्ध गरेको अभियोगमा आइतवार राति पक्राउ गरिएको बताइएको छ ।

उनलाई आन्तरिक सुरक्षा निकाय डिजिएसआइले सोधपुछ गरिरहेको छ । उनको राजधानी पेरिस स्थित घर र डिजोन नजिकको उनका मातापिताको घरमा सुरक्षाकर्मिले खानतलाशी लिएका छन् । उनी सिनेटको वास्तुकला , सम्पदा र बगैंचा विभागका वरिष्ठ निजामती कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्