शुरु भयो योगदानमा आधारित सामाजिक सुरक्षा योजना



नेपाल समाचारपत्र, काठमाडौं
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागँ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सो योजनाको औपचारिक शुरुवात गर्नुभयो ।

प्रधामन्त्री ओलीले सबैको लागि सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागँ भएको बताउँदै नागरिकको अभिभावक सरकार हो हामी आम नागरिकको जीवनस्तर उकास्न हरदम तयार रहेका छौं भन्नुभयो।
विगतमा आफ्नो पार्टीको सरकारले बृद्धभत्ता दिएर सामाजिक सुरक्षामा राज्यको अनुभँति दिएको भन्दै उहाँले सोही कार्यक्रमको आधारमा बालक, युवा र बृद्ध सबैका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमप्रतिको सम्मान बढाउन सामाजिक सुरक्षा कार्यक्रम लागँ गरिएकाले सबैको सहभागिता अनिवार्य रहेको बताउनुभयो ।
उहाँले श्रमिकको भविष्य सुनिश्चित भएको र लगानीमैत्री वातावरण तयार भएको दाबी गर्नुभयो ।

श्रम गरेर जीवीकोपार्जन गर्ने र रोजगार प्रदान गर्ने उद्यमी, व्यवसायी दुवैका लागि अन्यन्त महत्वपँर्ण दिन रहेको भन्दै उहाँले यस बाट आगामी दिनमा श्रमजीवीको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थाको अन्त्य हुने बताउनुभयो ।

‘रोजगारदाता र श्रमिक दुवैको सुरक्षा’

मन्त्री विष्टले रोजगारदाताले आफ्नो औद्योगिक प्रतिष्ठानमा असल श्रम सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रमिक र औद्योगिक प्रतिष्ठान दुवैको उत्पादकत्व बढ्न गई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने र सन्तुलित एवम् दिगो आर्थिक विकास हासिल गर्न सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।

उद्योगको विकास भएमा मात्र श्रमिकको विकास हुने बताउनु हुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले श्रमिकले रोजगारी पाउने भएकाले उद्योग सञ्चालनका लागि सरकारले राम्रो वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्न महासंघ तयार रहेको भन्दै अध्यक्ष राणाले सरकार पनि आफ्ना योजना कार्यान्वयन गराउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगहरू पाँच कदम अघि बढेर काम गरेको दाबी गर्दै सरकारलाई पनि वातावरण सिर्जना गर्नको लागि आग्रह गर्नुभयो ।

उहाँले आगामी १० वर्षमा सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी रकम हुने संस्था हुने बताउँदै सही उपयोगमा ध्यान दिनको लागि सरकारको ध्यनाकर्षण गराउनुभयो ।

नेपाल उद्योग महासंघ रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषबाट श्रम क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने दायित्व सबैको भएको भन्दै रोजगारदाताको प्रमुख हिस्सा रहने कोषको परिचालन सही उपयोग हुनुपर्ने धारणा राख्नुभयो ।

केही चुनौती चिर्न सकियो भने नेपालको श्रम बजार व्यवस्थित हुनेछ भन्दै ढकालले श्रम क्षेत्र व्यवस्थित हुँदा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने बताउनुभयो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कोषमा रकम जम्मा भइसकेको र आगामी दिनमा देशकै ठँलो कोष हुने बताउनुभयो । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपध्यक्ष कमलेश अग्रवालले सरकारको यो योजना कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्नु भयो ।

सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवस पनि मनाउने भएको छ ।

यस योजनाका निम्ति रोजगारदाता र योगदानकर्ताको सँचीकरणका लागि कार्तिक २६ गते राजपत्रमा सँचना प्रकाशन भइसकेको छ । यो योजना पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागँ हुने छ । जसमा सँचीकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किमअन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।

संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सोको कार्यान्वयनका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ भने संस्थागत पँर्वाधारको रुपमा सामाजिक सुरक्षा कोष २०६७ मा स्थापना भई सञ्चालनमा रहेको छ ।

योजनाअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि छ महिना योगदान गर्नुपर्ने हुन्छ । त्यस्तै मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्ने हुन्छ । श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ

त्यस्तै रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पँर्ण खर्च स्किममा समावेश भएको छ । तर, व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म योगदान गरेको हुनुपर्छ । रोजगारजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा सात लाख रुपियाँसम्मको उपचार खर्च स्किमबाट प्राप्त हुनेछ ।

प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा कोषको स्किमबाट त्यस्तो सुविधा प्राप्त हुने छैन ।

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभँत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जीवित रहेसम्म निवृत्तिभरण (पेन्सन) र निजको १८ वर्ष उमेर पँरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ ।

यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्किममा समावेश गरिएको छ । योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जिवित रहेसम्म निवृत्तिभरणको व्यवस्था समेत गरिएको छ ।

सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनुपर्ने छ । सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभँत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभुत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने छ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सँचीकृत हुनुपर्ने छ ।

काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपँर्तिकर्ताका लागि मंसिर ६ गतेबाट रोजगारदाताको सूचीकरण शुरु भइसकेको छ भने काठमाडौं उपत्यका बाहिर प्रदेश नं. ३ मंसिर १५ गतेबाट, प्रदेश नं. १ पुस १ गतेबाट, प्रदेश नं. २ पुस १५ गतेबाट, गण्डकी प्रदेश र प्रदेश नं. ५ माघ १ गतेबाट एवम् कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लागि माघ १५ गतेबाट सूचीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्