‘ग्लोब सकर अवार्ड’ मा रोनाल्डो अटिए



लन्डन, (एजेन्सी)
‘ग्लोब सकर अवार्ड’ अन्तर्गत उत्कृष्ट खेलाडी मनोननयको अन्तिम तीनमा पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोका ेनाम अटाएको छ ।

योसंगै आठौं पटक मनोनयनमा परेका रोनाल्डोले ४ पटक उक्त अवार्ड जितिसकेका छन् । रोनाल्डोले पछिल्लो दुई संस्करण उक्त उपाधिमा आफ्नो नाम लेखाएका थिए । यसअघि उनले सन् २०१६ र २०१७मालगातार दुई पटक उक्त अवार्ड हात पारेका थिए । उनीसँगै फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का क्लियन एम्बाप्पे र फ्रान्स तथा एट्लेटिको मेड्रिडका एन्टोनी ग्रीजम्यान अन्तिम तीनमा परेका छन् ।

उत्कृष्ट खेलाडीसँगै विभिन्न विद्याका १३ अवार्डको मनोनयन सार्वजनिक गरिएका हो । जसमध्ये फिफा विश्वकप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल मेड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको मेड्रिडका प्रशिक्षक डिएगो सिमोन, लिभरपुलका यर्गेन क्लोप र युभेन्ट्सका मासिमालियानो एलिग्री उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।

दुबईमा प्रदान गरिने सो अवार्ड विजेताको नाम सन् २०१९ को जनवरी ३ मा घोषणा हुनेछ । ‘ग्लोब सकर अवार्ड’ को यो दशौं संस्करण हो। जसमा स्पेनिस पत्रिका मार्काको समेत प्रायोजन रहेको छ।

प्रतिक्रिया दिनुहोस्