मृत ह्वेल भेटिए



 

अकल्यान्ड,(एजेन्सी)
न्युजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् ।

न्युजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना पदयात्री ति मृत ह्वेलको समूह फेला पारेका थिए । स्टेवार्ट आइल्यान्ड संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले अझै बाँचेका केहि ह्वेललाई सहज जनशक्ति अभावका कारण अन्यत्र लैजान पनि कठिन रहेको बताएका छन् ।

एक साताभित्रै न्युजील्यान्डमा सामुिहक मृत अवस्थामा ह्वेल भेटिएको यो चौंथो घटना हो । साथै प्रायशःन्युजील्यान्डका सामुद्रिक तटमा ह्वेलहरु अलपत्र भेटिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्