ज्याकी चानकी छोरीले समलिंगी विवाह गरिन्



न्युयोर्क , ( एजेन्सी)
चर्चित हलिवुड मुभिस्टार ज्याकी चानकी पुत्री एटा एनजिले सोमवार आफुले आफ्नी ३१ वर्षिया क्यानाडाली गर्लफ्रेन्डसंग विवाह गरेको घोषणा गरेकीछिन् । एटा अहिले ज्याकीबाट छुटिएर बस्दै आएकी हुन् ।

निकै खुशी देखिएका १९ वर्षिया एटा र सामाजिक संजालका प्रख्यात हस्ती एन्डी अटमले अनलाईनमा आफ्ना तस्वीर पोस्ट गरेका छन् । सो तस्वीरमा ८ नोभेमवर तिथि स्पष्ट देखिने तिनीहरुको वैवाहिक प्रमाणपत्र पनि राखिएको छ । संचार माध्यमले तिनीहरुले विवाह दर्ता प्रमाणपत्र क्यानाडाबाट लिएको तथा अहिले तिनीहरु एटाको जनमथलो हंगकंगमा रहेको जनाएको छ ।

निकै प्राथमिकता दिइएको यस विवाह खवरलाई चीनको सामाजिक संजाल वेइवोमा राखिएको छ । एटा मार्शल आर्टसका स्टार ज्याकीका पत्नी एलेन एनजि यि लेइ तर्फका एकमात्र सन्तान हुन् । अभिनेत्री तथा पुर्व ब्युटि क्विन समेत रहेकी एलानीसंग ज्याकीको सन् १९९९ मा प्रेमप्रसंग रहेको थियो । एटालाई उनकस् आमाले हुकाएकी थिइन् ।

तर स्थानिय संचार माध्यमका अनुसार आमा छोरीबिच पनि पछिल्ला समयमा सम्बन्ध राम्रो थिएन । उक्त तस्वीरको क्याप्सनमा लेखिएको छ , ‘ हामी सबैले चोट भोगेका छौं । तर यदि तपाईले प्रेमको सपना देखनसक्नु हुनछ भने त्यसलाई साकार पनि गर्न सक्नुहुन्छ । माया कोमल हुन्छ , यसले दाँयाबाँया हेर्दैन । माया शक्ति र कमजोरी दुवै हुन् । मायाले परिवर्तन ल्याउन सक्छ । अन्तत मायाले जित्छ । ’

प्रतिक्रिया दिनुहोस्