कामपा शिक्षा विभागको योजना, ३० सुधार सोच



ईश्वरराज ढकाल
काठमाडौं महानगरपालिकाले सबै सामुदायीक विद्यालयलाई गुणस्तरीय शिक्षा दिन र निजी विद्यालयको मनपरी रोक्न ३० नया सुधार सोच सार्वजनिक गरेको छ। महानगरमा रहेका ९२ विद्यालयका प्रअको भेला गरेर सोच सार्वजनिक गरेको हो। कामपा शिक्षा विभाग प्रमुख उपसचिव सीताराम कोइरालाले आगामी शैक्षिक सत्रभित्र सबै सोचलाई कार्यान्वयन गर्नेगरी कार्ययोजना अघि बढाइएको बताउनुभयो। सोच सार्वजनिक गर्दै कामपामा उपप्रमुख हरिप्रभा खड्शगी श्रेष्ठ, सचिव एवं प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले आगामी शैक्षिक सत्रभित्र महानगर क्षेत्रभित्र रहेका सामुदायीक विद्यालयको गुणस्तरमा सुधार ल्याएरै छाड्ने दाबी गरे।

पछिल्लो तथ्याङक अनुसार महानगरमा सामुदायिक तर्फ ९१ र संस्थागततर्फ ६ सय ४० विद्यालय संचालनमा रहेका छन्। विशेष विद्यालय ३, खुला विद्यालय २ र बैकल्पिक विद्यालय २९ तथा ८८ वटा बैकल्पिक विद्यालय गरी कुल जम्मा ७ सय ९३ शिक्षण संस्था संचालनमा रहेका छन्। सामुदायिक विद्यालयमा ४० हजार ५ सय ७९ (बालविकास समेत) र संस्थागगत विद्यालयमा कुल १ लाख ७५हजार ६ सय ३० जना (बालविकास समेत) गरी कुल जम्मा २ लाख १ हजार ,१ सय ९९विद्यार्थी अध्यनरत छन्। महानगर शिक्षा विभागले सार्वजनिक गरेको शिक्षाका सुधारका सोच निम्न छन्।

१ सवै शिक्षकका हातमा पाठ्यव्रmम र सवै विद्यार्थीका हातमा समय मै पाठ्यपुस्तक पुग्नेछ। शैक्षिक सत्र २०७६ वैसाखबाट सामुदायिक तथा संस्थागत सवै विद्यालयमा स्थानीय पाठ्यव्रmम अनिवार्य रूपमा लागू गरिनेछ। स्थानीय पाठ्यव्रmम विकास र कार्यान्वयनमा संस्थागत क्षमता विकासका लागि स्थानीय पाठ्यव्रmम प्रारूप, २०७१ को परिधिभित्र रही विभिन्न संघसंस्थासँग प्राविधिक तथा आर्थिक सहयोगका लागि समन्वय गरिनेछ।

२ सवै सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गरिनेछ। यसका लागि शिक्षक, विद्यालय संचालक र विद्यार्थीका संघसंगठन र अभिभावकसँग छलफल, अन्तव्रिर्mया र सहकार्य गरिनेछ।

३ विदेशी कुटनैतिक नियोगबाट संचालन भएका विद्यालय बाहेकका सवै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन विदा हुने गरी शैक्षिक क्यालेण्डर लागू गरिनेछ। विदेशी सम्बन्धन लिएको भनी अलग अलग विद्यालयमा अलगअलग विदा दिने प्रचलन बन्द गरिनेछ। महानगर, शिक्षा विभागले तयार गरेको शैक्षिक क्यालेण्डर लागू गर्नु सवै विद्यालयको अनिवार्य कर्तव्य हुनेछ। काठमाण्डौ जिल्लामा कुनै पनि विद्यालयको शिक्षकको दुखदायी मृत्यु हुँदा जिल्लाभरका सवै विद्यालय बन्द हुने अवस्थाको अन्त्य गरी शिक्षक कार्यरत विद्यालयमात्र शोकसभा गरी बन्द गर्न र अन्य विद्यालयमा आवश्यकता भए शोकसभा गरी विद्यालय सुचारु राख्ने व्यवस्था गरिनेछ। स्थानीय विदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दा शिक्षा विभागका अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्नेछ।

४ विद्यमान संघीय कानुनी व्यवस्था र महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम प्रधानाध्यपकको नियुक्तिको गरिनेछ। विद्यालयको समग्र सुधारका लागि प्रअसँग करार संझौता गरिनेछ। करार संझौता बमोजिम कार्य गर्न नसक्ने प्रधानाध्यापकलाई विस्थापन गरी नयाँ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेबारी दिइने छ।

६ सवै प्रकारका विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्य सम्पन्न गरिनेछ।
शिक्षकलाई स्रोतपूर्ण बनाउन, पाठ्यव्रmम, शिक्षण सामग्री, सूचना तथा संचार प्रविधिका सामग्रीको व्यवस्थापनका लागि थप व्यवस्था गरिनेछ।

६ विद्यालयको भवन निर्माण गर्दा अपांगमैत्री, बालमैत्री र छुट्टै छात्रा शैचालय रहने व्यवस्था अनिवार्यरूपमा पालना गर्नुपर्नेछ।

७ समूह सुपरिवेक्षण वा विशेषज्ञबाट कम्तीमा २ महिनामा १ पटक प्रत्येक विद्यालय र शिक्षकको कक्षा अवलोकन गरिनेछ।

८ धार्मिक प्रकृतिका विद्यालयमा समेत लेखापरीक्षण गराउन लेखा परीक्षक तोकिनेछ। साथै धार्मिक विद्यालयका शिक्षकलाई समेत शिक्षक पेसागत विकास तालिममा सहभागी गराई गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि प्रयासको थालनी गरिनेछ।

९ सिल्भर भोलिन्टियर्सको परिचालन गरी शिक्षकलाई तालिममा पठाउँदा वा अन्य काजमा पठाउँदा कक्षाकोठाको पठनपाठन नुहुने कुराको अन्त्य गर्न कार्यविधि तयार गरिनेछ।

१० संस्थागत विद्यालयको बोर्ड अनिवार्यरूपमा नेपाली भाषामा देखिने गरी राख्ने व्यवस्था शैक्षिक सत्र २०७६ साल अगावै सम्पन्न गरिनेछ। विद्यार्थीको परिचय पत्रमा समेत नेपाली नाम अनिवार्य गर्ने गरी व्यवस्थापन गरिनेछ। यस प्रकारको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न प्याव्सन, एनव्याव्सन मार्फत सवै संस्थागत विद्यालयमा सूचना संप्रेषण गरिनेछ।

११ जिल्लान्तर वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भई आउने शिक्षकले रमाना मितिसम्मको तलबभत्ता रमाना लिएकै विद्यालयबाट खाने व्यवस्था गरी सरुवा भइ आउने शिक्षकका कारण महानगरमा पर्न गएको आर्थिक भार न्यून गरिनेछ।

१२ सुन्दर काठमाण्डौको अवधारण सहित हरित विद्यालय निर्माण कार्यलाई निरन्तरता दिन यसै शैक्षिक सत्रबाट सवै सामुदायिक विद्यालयलाई प्रोत्साहस्वरूप दोस्रो चौमासिक भित्रै २५ हजार रुपिया निकाशा गरिनेछ।

१३ विद्यालयको आर्थिक पारदर्शितालाई प्रभावकारी बनाउन र विद्यालय लिज तथा भाडामा दिई आम्दानी गर्ने विद्यालयहरूलाई प्राप्त रकमको पादर्शिताका साथ उपलब्धिमूलक कार्य गर्नका लागि शिक्षा समितिमार्फत कार्यविधि तयार गरी लागू गरिनेछ। भवनलाई भाडामा दिइ अस्थायी टहरा विद्यार्थी पठनपाठन गरेको पाइएमा प्रअलाई तत्काल कारवाहीको प्रकृया अगाडि बढाइनेछ।

१४ कुनै पनि विद्यालयले संघीय मन्त्री वा विदेशी कुटनैतिक नियोगका कर्मचारी ल्याई कुनै पनि कार्यव्रmम आयोजना गर्दा शिक्षा विभागलाई अनिवार्य रूपमा पूर्व जानकारी दिनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्नेछ।

१५ विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालिम, सभा, अलोवकन भ्रमण, खेलकुद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमा नै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजादा कामपा, शिक्षा विभागको अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिनेछ।

१६ विद्यार्थी, विद्यालयको भौतिक अवस्था, शिक्षक संख्या लगायतका विभिन्न सूचक तयार गरी शिक्षकका पेसागत संघसंगठनसँगको सहभागितामा वैसाख १ गतेदेखि लागू हुनेगरी शिक्षक दरबन्दी मिलान गरिनेछ।

१७ २४ औँ महानगर दिवशको उपलक्ष्यमा कामपा भित्रका ३ सामुदायिक र ३ संस्थागत माध्यमिक विद्यालय तथा १ आधारभूत विद्यालयलाई शिक्षा विभागले तयार गरेको उत्कृष्ट विद्यालय छनोट कार्यविधिका आधारमा तोकिए बमोजिमको पुरस्कार दिइनेछ।

शिक्षकको मासिक तलब निजको खातामा नै भुक्तानी हुने व्यवस्थाको गृहकार्य शुरुभइसकेको छ। अव उप्रान्त शिक्षकको तलब शिक्षकको खातामा नै भुक्तानी हुने व्यवस्था मिलाइनेछ।

१८ शिक्षकको कक्षाकोठामा विताएको समय, हाजिरी, जिम्मेबारी वहन लगायतका विषय र व्यक्तिगत सूचना प्रणालीलाई डिजिटाइज्ड गरी अनलाइन अनुगमन प्रणाली स्थापना गरिनेछ।

१९ विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता विकास, संस्थागत विद्यालयको अनुगमन, मन्टेश्वरी विद्यालय, परामर्श केन्द्र, कोचिङ सेन्टर, टयूशन सेन्टर जस्ता शिक्षण संस्थालाई शिक्षा विभागमा दर्ता हुने व्यवस्था, पुस्तकालय सदृढीकरण, सूचना तथा संचार प्रणालीको प्रयोग, महानगर नमुना विद्यालय छनोट तथा व्यवस्थापन तयारी जस्ता कार्य तत्काल शुरु गर्नेछ।

२० महानगर भित्रका सवै विद्यालयको सिकाइ सुधारका लागि शिक्षण सुधार योजना, विद्यालय सुधार योजना, शिक्षकलाई सकारात्मक सोच र टिचिङ पेडागोजीमा आधारित क्षमता विकासका तालिम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।

२१ राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, अवसर सिर्जना गरिदिने कामले अरुलाई पनि सिक्ने अवसर प्राप्त हुने भएकाले राम्रो काम गर्ने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पुरस्कार दिइने परिपाटीलाई संस्थागत गरिनेछ।

२२ महानगरले तयार गरेका शिक्षा ऐन, शिक्षा व्यस्थापन नियमावली, पूर्व प्राथमिक विद्यालय संचालन निर्देशिका तथा अन्य प्रचलित कानुन, नीति, नियमले शिक्षक तथा विद्यार्थी र विद्यालयलाई गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति तयार गर्न कुनै कठिनाई सिर्जना भएकोे भए संशोधन र परिष्कृर गरी समयानुकूल बनाइनेछ।

२३ ड्रप आउट शून्यमा झार्न, महानगर भित्रका विद्यालय उमेर समूका सवै विद्यार्थीलाई विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन, कक्षा दोहोरियाउने दर घटाउन, सिकाइ स्तर बढाउन, विद्यालयमा दिवा खाजा कार्यव्रmम, यातायात खर्च वा व्यवस्था लगायतका कार्यव्रmम अगाडि बढाइनेछ।

२४ विद्यालयमा राष्ट्रि«य गान र राष्ट्रिय झण्डाको प्रयोग गर्दा राष्ट्रिय झण्डा र राष्ट्रिय गान कार्यविधि, २०६९ अनुसार अनिवार्यरूपमा गर्नुपर्नेछ। त्यस्तै सामाजिक संजालको प्रयोग गर्दा पेसागत धर्मको उच्च सम्मान गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम सकारात्मक संन्देश दिने विषयवस्तुमात्र राख्न सवै शिक्षकलाई अनुरोध गरिनेछ।

२५ अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालय, स्थानीय तथा प्रदेश र नेपाल सरकारले दिएको निर्देशन तदारुकताका साथ पालना गर्न र माग भएको विवरण २४ घण्टाभित्र सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।

२६ सामुदायिक तथा संस्थागत विद्यालयमा गाडीबाट विद्यार्थी आवतजावत गर्दा विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न गाडी चालक र सहचालकलाई लेन अनुशासन, विद्यार्थी सुरक्षा, शिष्ट बोलचाल गर्ने पद्धतिको विकासका लागि संस्थागत तालिमको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइनेछ।

२७ एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा भएका शिक्षक, प्रअ वा कर्मचारीले बरबुझारथ गरेरमात्र रमाना लिइ जानुपर्नेछ। रमाना नलिइ आएका शिक्षकलाई कसैले हाजिर गराएमा हाजिर गर्ने गराउने व्यक्ति नै जिम्मेबार बन्नुपर्नेछ। केही विद्यालयका शिक्षकले अगिल्लो विद्यालयमा रहँदा आफूमा रहेको जिम्मेबारीको बरबुझारथ नगरेको उजूरी परेको सन्दर्भमा त्यस्ता शिक्षकको पेन्सन पट्टा र अन्य सुविधा रोक्का लागि राष्ट्रिय कितावखानामा लेखी पठाउने कार्यको थालनी गरिसकिएको र निरन्तरता दिइनेछ।

३० शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९, शिक्षक सेवा आयोग नियमावली, २०५७ र कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम विभागीय स्वीकृति नलिइ कुनै पनि शिक्षक वा कर्मचारीले विद्यालय समयमा अन्त्रय काम वा पेसा व्यवसाय संचालन गरेको पाइएमा विभागीय कारवाही तत्काल गरिनेछ।

प्रतिक्रिया दिनुहोस्