युक्रेनद्वारा रसियाले आफ्नो जहाजमा क्षति पु¥याएको आरोप



किभ,(एजेन्सी)
जलिय तनाव बढिरहेकोबेला आइतवार युक्रेनले रसियाले क्रिमियाको तटक्षेत्रमा आफ्नो एउटा जहाजमा क्षति पु¥याएको आरोप लगाएको छ । युक्रेनी नौसेनाले जारी गरेको विज्ञप्तिमा आजोभ सागरमा मारिपोल तर्फ आफ्ना तीनवटा जहाज गइरहेकोबेला रसियाले खुल्लमखुल्ला आक्रामक क्रियाकलाप गरेको उललेख गरिएको छ ।

युक्रेनको याना कापु नामक जहाजको इन्जिन , गार्ड रेल र बाह्य भागमा क्षति पुगेको बताइएको छ । तर रसियाले ति जहाजहरु आफ्नो जलिय क्षेत्रमा प्रवेश गरेको तथा युक्रनले जानीजानी निहुँ खोज्ने प्रयास गरिरहेको आरोप लगाएको छ । आजोभ सागर सन् २०१४ मा रसियाले कब्जा गरेको क्रिमिया प्रायद्विप देखि पुर्वमा र तथा हाल रुस समर्थित पृकतावादीहरुको नियन्त्रणमा रहेको क्षेत्रहरु देखि दक्षिणमा अवस्थित छ ।

यसैगरी रसियाले बड्यान्स्क र निकोपोल नाम गरेका दुईवटा युक्रेनी युद्धपोत र एउटा टगले यस क्षेत्रमा द्वन्द्वको वातावरण सिर्जना गरेको जनाएको छ । रसियाको सरकारी सुरक्षा निकाय एफएसबिले जारी गरेको एक विज्ञप्तिमा अस्थायी रुपमा बन्द गरिएको रुसी स्वामित्वमा रहेको जलिय क्षेत्रमा अवैध ढंगले ति जहाज प्रवेश गरेको जनाइउको छ ।

तर युक्रेनले भने सो जलिय क्षेत्र प्रयोग गरी आफ्ना जहाज मारिपोलमा जाने योजना रहेको पुर्व सुचना आफुले रुसलाई दिएको जनाएके छ । युक्रेनले रुसको यस कार्यले सागरमाथिको संयुक्त राष्ट्र संघको सिद्धानत्मा आधारित कानुनको उल्लंघन भएको पनि जनाएको छ ।

दुवै राष्ट्रले आजोभ सागरलाई स्वतन्त्र रुपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएपनि रसियाले त्यहाँ आफ्नो सैनिक उपस्थिती र अनुगमन बढाउँदै लरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्