समलिंगीको विरोध



ताइपेइ,(एजेन्सी)
समलिंगी विवाहलाई कानुनी मान्यता दिने प्रयास स्वरुप शनिवार सम्पन्न जनमत संग्रहमा ताइवानका बहुमत मतदाताले विपक्षमा मतदान गरेको आइतवार स्थानिय संचार माध्यमले जनाएको छ । तिनीहरुले एक पुरुष र महिलाबिचको मिलन नै विवाह हो भन्ने परिभाषाको समर्थन गरेका छन् ।

गत वर्ष ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा निर्णय दिँँदै यस सम्बन्धमा नयाँ कानुन बनाउन संसदलाई आदेश दिएको थियो । यैबिच ताइवानका राष्ट्रपति साइ इंग–वेनले स्थानिय निर्वाचनमा पराय भएके कारण देखाउँदै स्वतन्त्रताका हिमायती सत्तारुढ पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएकीछिन् ।

प्रतिक्रिया दिनुहोस्