अभियान कतातिर ?



भनिन्छ–‘नारी पुरुष बराबरी, दुवै शक्ति हाराहारी ।’ तर व्यवहार भने आकास पाताल फरक छ, देशमा पुरुष विरोधी अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ, त्यसैले झुक्किएर पनि पुरुषको प्रशंसा गरिएका वाक्य त के शब्द पनि सुन्न पाइन्न ।

अभियान शुरु हुनु भन्दा २÷४ दिन अघि र २÷४ दिनपछि सडक र सार्वजनिक कार्यक्रमको ‘फ्रन्ट लाइन’मा देखिने महिलाहरुको चुरीफुरी कति हो कति भनि साध्य छैन । त्यस्तो चुरिफुरी देख्दा लाग्छ–मुलुकमा सधैका लागि महिला र लैङ्गिक हिंसाको अन्त्य हुँदैछ । महिला तथा बालिकाको मानव अधिकारको संरक्षण अनि सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गर्न अभियान शुरु भएको २ दशक नाघिसकेको छ ।

तर समस्याको चुचुरो भने हरेक वर्ष बढेको बढ्यै छ । अभियानले त बलात्कार र हिंसाका घटना न्यूनिकरण हुनुपर्ने हैन र भन्या ? कार्यक्रमको अगुवाई गर्नेहरुको घर परिवार र आफन्तकैमा चाहिँ बलात्कार र हिंसाका ह्वात्तै घट्या पो हो कि, धरहराले केही बुझ्न सक्या छैन । अनि हिंसा विरोधी अभियान १६ दिन मात्रै सीमित गर्नुपर्ने कारण कुनै मौसमी चाड पो हो कि ?

प्रतिक्रिया दिनुहोस्