नबिल बैंकको १३ घातक रोगको उपचार बीमा योजना



काठमाडौं, (नेस)
नबिल बैंकले व्यक्तिगत बचत खातामा ग्राहक मेटलाइफ बीमा कम्पनीसँगको सहकार्यमा ३ लाख रुपियाँको घातक रोग बीमा तथा ७५ हजारकाको मृत्यु लाभ बीमा गरिदिने योजना ल्याएको छ ।

यो योजना मंसिर ९ गतेदेखि लागँ हुने गरी नबिल बैंकका डेपुटी जनरल मेनेजर रमेश प्रसाद लोहनी र मेटलाइफ बीमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राम कुमार यादवबीच सम्झौता भएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मेटलाइफ बीमा कम्पनीका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठलगायतको उपस्थितिमा योजनाको शुभारम्भ भएको घोषणा गरिएको छ ।

बैंकले दैनिक मौज्दात २५ हजार रुपियाँभन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालालाई १३ वटा घातक रोगको उपचारार्थ ३ लाखको बीमा गरेको छ ।

१३ वटामध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदान सहितको आवश्यक प्रमाण पँरा भएको अवस्थामा ३ लाखको बीमा रकम तत्काल भुक्तानी हुने यो योजनाको प्रमुख विÈेशता रहेको छ । साथै बचतकर्ताको अन्य कारणले निधन भएमा ७५ हजारको बीमांक रकम समेत यो योजनाले सुरÔित गरेको छ । तसर्थ, घातक रोग लागेर निधन भएमा जम्मा बीमा रकम ३ लाख ७५ हजारको सुरÔण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्