स्पेनमा कम संजाय विरुद्ध प्रदर्शन



म्याड्रिड,(एजेन्सी)
पिडितहरुले नछोड्न अनुनय विनय गरेपनि एक अदालतले वलात्कारको अभियोग लागेका दुईजना पुरुषलाई झण्डै सफाइ नै दिएपछि स्पेनमा व्यापक जन आक्रोस बढेको छ ।

उत्तर पुर्वी स्पेनको लेइडा स्थित अदालतले वलात्कार वापत कडा संजाय नदिइ एकजना पुरुष र उनका भतिजालाई यौन उत्पीडनमा संलग्न रहेको भन्दै जनही साढे चार वर्ष मात्र कारावास संजाय सुनाइएको हो ।

एक सामुहिक वलात्कारको निर्णय दिने क्रममा पुरुष प्रधानवादी न्यायको विरोधमा यस वर्ष यसअघि पनि स्पेनमा ठूलै विरोध प्रदर्शन भएको थियो । पाम्पलोनामा आयोजित सान फर्मिन साँढे दौड प्रतियोगिताको दौरान एकजना किशोरीमाथि वलात्कार गरेको अभियोग पाँच जना पुरुषमाथि लगाइएको थियो ।

तिनीहरुलाई पनि अदालतले सजिलैसंग सफाई दिएको थियो । पछिल्लो वलात्कारको घटनामा काका भतिजाबाट जवर्जस्ती वा हिंसा नभएको भन्दै यसलाई सामानय यौन उत्पीडन मात्र मानिनुपर्ने अदालतको भनाई रहेको थियो । तिनीहरुले एउटा बारमा भेटेकी महिलालाई रात्रिक्लबमा लगेको र पछि सडकमा लगेर जवर्जस्ती यौन सम्पर्क राखेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्