दोहरो भिडन्त



काश्मिर,(एजेन्सी)
भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीलाई उदरित गर्दै चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ ।

श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा पर्ने काश्मिरको सुटकिपोरा गाउँमा बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतंककारी हमला भए लगत्तै दोहोरो भिडन्त भएको बताइएको छ । काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । काश्मिरको स्वामित्वको विषयमा भारत र पाकिस्तानबीच दुई वटा ठूलो युद्ध भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्