बंशको खेलो



२०६२/६३को आन्दोलने राजतन्त्र फालेको सबैलाई जगजाहेर छ । तै पनि राजतन्त्रको पक्षमा अझै सशक्त माहोल रहेको, मुलुकमा राजतन्त्रको खाँचो रहेको भन्नेहरुको कमी छैन । राजसंस्था आफू सक्रिय छैन, प्राणविहिन भइसकेको छ । तर राजसंस्थाको नाम बेचेर राजनीति गर्नेहरुको संख्या कम छैन ।

राजसंस्थाको पक्षमा एकै स्वर जुट्न नसक्दा राप्रपा अनेक चिरामा विभाजित भएकोबारे धरहराले धेरै बखान गरिरहनु पर्दैन । त्यसो त अन्तिम राजा ज्ञानेन्द्रको परिवार एक जुट हुन नसक्या बेला दल जुट्नै पर्छ भन्ने पनि त छैन । ज्ञानेन्द्रपुत्र पारसलाई राजसंस्थाको माया–मोह शून्य रहेका बेला केही नेता र उनका आसेपासे भने आफै ज्ञानेन्द्र, आफै पारस अनि राजपरिवारका सदस्यझै भएको देख्दा धरहरा तीन छक पर्छ भन्या ।

अनि त्यस्तो गतिविधीबारे ज्ञानेन्द्र, उनका परिवार र नजिकका नातेदार चाहिँ के कति जानकार छन् कुन्नी ? जे होस, मृत्त भइसकेको संस्थाको प्रचारले पनि राजनीतिक खेलो गज्जबकै हुँदो रहेछ । यो खेलो राजतन्त्रको नाममा नयाँ बंशको विज रोप्ने खेलो त हैन ? धरहरालाई कहिले काहिँ यस्तै शंका लाग्छ ।

प्रतिक्रिया दिनुहोस्