विराटनगरबाट माउन्टेन फ्लाइट शुरू



विराटनगर, (नेस)
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट शनिबारदेखि व्यावसायिक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु भएको छ । प्रदेश नम्बर १ को राजधानी रहेको विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलोपटक व्यावसायिक रुपमा माउन्टेन फ्लाइट शुरू गरिएको हो ।

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालुलगायतका हिमशिखरको अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सि आरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन प्mलाइट गरेको हो । भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाडौंभन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाइटको साप्ताहिक उडान गरिने योजना रहेको छ । पर्यटन व्यवसायी आबद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने छ ।

विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँगको साझेदारी गरिएको छ । यति एयरलाइन्सलाई कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ । विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष फणिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सयमा माउन्टेन फ्लाइट भर्ने पाउनेछन् । विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट काठमाडांभन्दा सस्तो हो ।

काठमाडांैबाट माउन्टेन फ्लाइटका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ रुपियाँ तिर्नुपर्ने हुन्छ । माउन्टेन फ्लाइटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासका लागि पर्यटन क्षेत्र महत्वपँर्ण रहेकाले माउन्टेन फ्लाइट शुरु हुनुले बाह्य र आन्तरिक पर्यटन भित्र्याउन कोशेढुङा सावित हुने बताउनुभयो । प्रदेश नम्बर १ का पर्यटनमन्त्री जगदिश कुसियतले माउन्टेन फ्लाइटलाई निरन्तरता दिन प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्