फ्रान्समा गृहकार्य नगर्ने बालकको हत्या



पेरिस,(एजेन्सी)
पुर्वी फ्रान्सिसी शहर मुलहाउसमा गृहकार्य नगरेको निहुँमा आफ्नै घरमा नौ वर्षिय बालकलाई पिटेर मरेको अभियोगमा एउटै परिवारका चारजना सदस्यलाई विहिवार प्रहरीले गिरफतार गरेको छ । प्रहरी सुत्रका अनुसार गृहकार्य गर्न अस्विकार गर्ना साथ ति बालकलाई कुचोको ह्यान्डलले बेस्सरी पिटिएको थियो ।

उक्त अप्रिय घटनाको दौरान ति बालकका दाजु , दिदी र सौतेनी दिदी उपस्थित रहेको बताइएको छ । घटनाकोबेला अनुपस्थित ति बालिकाकी आमालाई पनि गिरफतार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ति आमाले छोरोको नराम्ररी पिटाइ भइरहेको थाहापाएको आरोप लगाएको छ । आइतवार विहान यसरी ति बालकको हत्या भएको थाहा पाएपछि शोकाकुल र आक्रोसित मुलहाउसका वासिन्दाले तिनीहरुको घरबाहिर विरोध प्रदर्शन गरेका थिए ।

लाशको पोष्टमार्टमपछि प्रहरीले परिवारका सदस्यहरुलाई शंकाको आधारमा पक्राउ गरेका हुन् । ति बालकका पैतालामा लगायत अन्य भागमा चोटका निसान रहेको प्रहरीले जनाएको छ ।

एल्सेस वेवसाइट डिएनएले उनलाई ह«दयाघात भएको देखिएपनि मृत्यु पछाडि पिटाईको पनि हात रहेको जनाएको छ । फ्रान्स्को संचार माध्यमले सँधै गृहकार्य गर्न अटेर गर्ने सो बालकलाई पहिले पनि शारिरीक संजाय दिने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्