शौचालयमा हत्या



जोहान्नेसवर्ग,(एजेन्सी)
विद्यालयको शौचालयमा एकजना बालकको छुरा प्रहार गरी हत्या गरेको अरोपमा विहिवार दक्षिण अफ्रिकाका पहरीले एकजना किशोरलाई हिरासतमा लिएको छ । स्थानिय प्रशासनले कक्षा एकमा अध्ययनरत सात वर्षिय बालकमाथि थुप्रैचोटि छुरा प्रहार गरिएको जनाएको छ । नाम नखुलाइएका आक्रमणकारीको पिडित बालककी दिदीसंग प्रेम सम्बन्ध रहेको बुझिएको छ ।

उत्तर पश्चिमी प्रान्त माकापानस्तादस्थित प्राथमिक बिद्यालयमा भएको यस घटनामाथि प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । हत्यारा नजिकैका अर्को बिद्यालयमा एघार कक्षामा अध्ययनतरत करिव १६ वा १७ वर्षका छात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्