मेगा बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा रहेको युनाइटेड मिशन टु नेपाल सामदुायिक अस्पतालको लागि अटोमाटेड एक्सटर्नल डेफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

मेसिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुख जेनु थापा तथा ओखलढुंगा शाखाका कर्मचारी उक्त कार्यक्रममा सहभागी भएका थिए ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुंगा क्षेत्रमा मेगा बैंक बैंकिङ कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्धिको लागि पनि निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पु¥याइएका बिरामीको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीको मुटुको चाल सञ्चालनमा ल्याई बिरामीलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महŒवपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्