उद्योगमा आगलागी हुँदा ६५ लाखको क्षती



सलिम अन्सारी, प्युठान ।
प्युठानमा बिहिवार दिउँसो उद्योगमा आगलागी हुँदा ६५ लाख बढिको नोक्सानी भएको छ।जिल्लाको प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट उद्योगमा रहेका सबै जलेर नष्ट्र भएको भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताए ।

उनका अनुसार तयारी सिरक डसना, सिरक डसना बनाउन आवश्यक कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएका छन् । साथै घरको विस मुरी धान संगै पिसाउन , कुटाउन लिएको ५ मुरी जति धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिए । केसी विगत ३ वर्ष देखि उद्योग सञ्चालन गर्दै आएका छन । दमकल छिटो न आउदा पनि उद्योगमा क्षती धेरै भएको स्थानीयले बताएका छन।

दिउँसो २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान नजिकै शसस्त्र क्याम्पमा भएको दमकल जान ढिला गरेको थियो । स्थानिय ईन्द्र बहादुर घर्तिले भने ,–‘ दमकल आगो निभाउन आउँछ भनेका थियौ, निभाएर भिउँदा पानी विना आएको थियो । ’ दमकललाई आगलागी हुदाँ वित्तिकै खबर गरको उनले बताए । उनले भने,‘ खबर हुदाँ साथ दमकल आएको भए सबै क्षती हुने थिएन । ’उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र र नेपाली सेनाले नियन्त्रणमा लिएका हुन ।

प्रतिक्रिया दिनुहोस्